मंसिर २, २०७४
पहिलो चलचित्र लेडिज भर्सेज रिक्की बहलबाट नवअभिनेत्रीको एवार्ड जित्न सफल परिणिति चोपडाका दिन फर्किएका छन् । इश्कजादे, शुद्ध देसी रोमान्स तथा हंसी तो फंसीजस्ता चलचित्रको सफलताले परिणितिको अभिनय यात्रालाई उचाइ प्रदान गरे । यद्यपि दावत–ए–इश्क तथा किल दिल ब्याक टु ब्याक असफल भएपछि उनको गति रोकियो । झन्डै दुई वर्षको विश्रामपछि मेरी प्यारी बिन्दुमा अभिनय गरे पनि दर्शकले उनको अभिनय रुचाएनन् ।
अन्तत: उनलाई चलचित्र गोलमाल अगेनको सफलताले पुन: व्यस्त बनाएको छ । परिणिति यतिबेला ठूलो ब्यानरका दुई चलचित्र सन्दीप और पिंकी फरार तथा नमस्ते क्यानाडामा व्यस्त छिन् । लगत्तै उनी अक्षय कुमारको जोडीका रूपमा चलचित्र केसरीमा प्रस्तुत हुँदैछिन् । परिणितिले आफ्नो पछिल्लो व्यस्तताको सम्पूर्ण श्रेय गोलमाल अगेनको युनिटलाई दिएकी छिन् ।