साप्ताहिक संवाददाता
पछिल्लो समय चलचित्रका निर्माताहरुले विभिन्न खाले प्रतिस्पर्धाहरु गर्न थालेका छन् । चलचित्रको प्रमोसनमा एक पोस्टरको कम्पिडिसन गरेको चलचित्र ‘झ्यानाकुटी’हलमा लागिरहेका बेला अर्को चलचित्र ‘मिस्टर झोले’ पनि एक प्रतिस्पर्धाको घोषणा गरेको छ ।
पुष २८ गते रिलिज हुने ‘मिस्टर झोले’ले भने ‘कभर भिडियो’ कम्पिडिसनको घोषणा गरेको हो । ‘ओखती’ बोलको चलचित्रको सार्वजनिक गीतको डान्स र ड्रामा दुबै विधामा कम्पिटिसन आव्हान गरिएको छ ।
उक्त प्रतिस्पर्धाको विजेता भने पुष २३ गते घोषणा गरिने फिल्म यूनिटले जनाएको छ । प्रतिस्पर्धीले भने पुष २१ गतेसम्म सहभागीता जनाईसक्नु पर्ने छ ।
प्रतिस्पर्धामा प्रथम हुनेले १ लाख ५५ हजार, दोस्रो हुनेले १ लाख २५ हजार र तेस्रो हुने १ लाख ५ हजार नगत पुरस्कार जित्नेछन् । सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको व्यानरमा निर्मित ‘मिस्टर झोले’लाई टेकेन खड्काले निर्माण गरेका हुन् ।
रामबाबु गुरुङको कथा र निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, वर्षा राउत, दीया पुन, पुस्कर गुरुङ, बुद्धि तामाङ, प्रवीण खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ । कालीप्रसाद बाास्कोटा र सुजेन कार्कीको संगीत रहेको चलचित्रमा रवी न्यौपानेको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।