साप्ताहिक संवाददाता
अमेरिकामा रहेका नेपालीले स्थापना गरेको सोसल ईकमर्स प्लेटफर्म सगुनले विश्वभरका लगानीकर्ताहरुका लागि मिनी आइपीओ निस्कासन गरेको छ । यो मिनी आईपीओको निस्कासनले गर्दा सर्वसाधारणलाई राम्रो संभावना गरेको आइटी कम्पनीमा लगानी गर्ने अबसर मिलेको छ ।
सगुनले सेयर निस्कासन गरेपछि यसको कानुनी अबस्थाबारे धेरैलाई जिज्ञासा पैदा भएको छ । सगुनलाई अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन (एसइसी) ले ‘जब्स एक्ट’ अनुसार मिनि आइपीओ निस्कासन गर्ने अनुमति दिएको हो । मिनि आइपीओ भोलि राम्रो प्रगति गर्ने सम्भावना भएका कम्पनीलाई विकासको चरणमा आवश्यक पर्ने रकम जुटाउन सेयर निस्कासन गर्न दिइने अनुमति भएको हो । यसमा थोरै आम्दानी भएका ब्यक्तिहरुले समेत लगानी गर्ने अबसर पाउँछन् ।
अमेरिकास्थित क्राउड चेककी कानुन ब्यवसायी सारा हंक्स रेगुलेसन ए प्लस अन्तर्गत आइपिओ निस्कासन गर्न अनुमति पाएको कम्पनीमा सर्वसाधारण जोसुकैले पनि लगानी गर्न सक्ने बताउँछिन् । ‘सगुन अमेरिकी स्टक एक्स्चेन्जबाट सेयर निस्कासन गर्न अनुमति पाएको कम्पनी हो, उनले भनिन्, ‘ठूला लगानीकर्ताले मात्र लगानी गर्न पाउने भन्ने यसमा हुँदैन । यसलाई अमेरिकी कानुनले नियमन गरेकाले कसैले पनि शंका नगरी लगानी गर्न सक्ने उनले बताइन् ।
कानुनविद् सारा बताउँछिन् । ‘सन् २०१५ भन्दाअघि धनीहरुले मात्र सम्भावना भएका कम्पनीहरुमा लगानी गर्ने अबसर पाउँथे, ‘अहिले त्यस्तो अवस्था बदलिएको छ । जब्स एक्ट अन्तर्गतको रेगुलेसन ए प्लस साना लगानीकर्तालाई अबसर दिने गरी डिजाइन गरिएको छ । सगुनले त्यही कानुनअनुसार सेयर निस्कासन गर्ने अनुमति पाएको हो ।
उनले यस कानुन अन्तर्गत आइपिओ निस्कासन गर्न २४ कम्पनीले आवेदन गरेकामा केहीले बिचैमा छाडेको, केहीले कानुनले तोकेको क्राइटेरिया पूरा गर्न नसकेको उनले बताइन् । तीमध्ये केही भने उत्कृष्ट कम्पनीका रुपमा उदाएको उनको अनुभव छ ।
सगुनले मिनी आइपिओमार्फत २ करोड डलरको सेयर निस्कासन गरेको हो । यसमा हरेक ब्यक्तिले २३ डलर प्रतिकित्ताका दरले कम्तीमा १ हजार डलरको सेयर किन्न सक्ने छन् । यस पटक नेपालबाहेक संसारका जुनसुकै मुलुकबाट क्रेडिट/डेविट कार्ड मार्फत पनि सगुनमा लगानी गर्न सकिन्छ । सगुनमा लगानी यही गर्ने समय नोभेम्बर ३० सम्म रहेको बताइएको छ ।
भिडियो हेर्नुहोला