साप्ताहिक संवाददाता
मंसिर ७, २०७४
चलचित्र ‘सुपर गोर्खे’को को पहिलो पोस्टर सार्वजनिक भएको छ । आज विहान ११ बजे सार्वजनिक गरिएको पोस्टर साईत हेरेर सार्वजनिक गरेको बताईएको छ । यो चलचित्र ऋचा सिंह ठकुरीले निर्माण गरेको चलचित्र हो । निमात्र्री तथा चलचित्रकी मुख्य अभिनेत्री ठकुरी भने पोस्टरमा देखिएकी छैनन् ।
राज थापाले निर्देशन गरेको चलचित्र मार्फत दैवी शक्ति विना समाजमा शक्तिशाली व्यक्तिहरूको कथा प्रसतुत गर्ने बताईएको छ । अबिर हाउस प्रोडक्सनको ब्यानरमा चलचित्र निर्माण भएको छ ।
मङ्सिर २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा तारा प्रकाश लिम्बुको सङ्गीत, सौरभ लामाको छायाङ्कन रहेको छ । चलचित्रमा ऋचाको साथमा सुरजसिंह ठकुरी, निराज लुईंटेल, भुपेन्द्र खत्री, सचिन केसी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।