साप्ताहिक संवाददाता
बकलोलका रूपमा कहलिएका हास्यअभिनेता एवं प्रस्तोता सन्दीप क्षेत्री हिरो बने भने कस्तो देखिएलान् ? उत्तरमा प्रतिप्रश्न नै आउन सक्छ, हास्यअभिनेताहरू हिरो भैरहेका बेला सन्दिप पनि हिरो भए भने के नै अचम्म होला र ?
हुन पनि हास्य अभिनेताहरू चलचित्रको पर्दामा एकपछि अर्को गरी हिट भैरहेका बेला सन्दीप क्षेत्री पनि हिरोका रूपमा पर्दामा देखिनु राम्रै हुनेछ । त्यसो त उनले एकाध चलचित्रमा प्रयास नगरेका भने होइनन्, तर त्यो केही अगाडिकै कुरा थियो ।
हालै एउटा म्युजिक भिडियो आयो सेल्फी क्विन । उक्त म्युजिक भिडियोमा बकलोल अर्थात सन्दिप क्षेत्रीको अदा कुनै रोमान्टिक अभिनेताको भन्दा कम देखिँदैन । भिडियोमा क्षेत्रीसँगै नेपाल आइडल पश्चात् पुन: चर्चामा आएका सुशील नेपाल पनि छन् । सेल्फी क्विनको यो चर्चाले बकलोललाई नायक नै हुने प्रस्ताव प्राप्त हुन बेर लाग्दैन ।