साप्ताहिक संवाददाता
साप्ताहिकको गएको अंक रोचक एवं पठनीय लाग्यो (फ्रन्टपेज : छोप्यो लगन) । विवाहसम्बन्धी सम्पूर्ण प्याकेज मन पर्यो ।
तरुणजस्तै संघर्ष थुप्रै नेपालीले भोगेका छन् (अमेरिकामा नेपाली : यात्रा सन्दर्भ) । देशमा काम गर्ने, कमाउने अवसर नदेखेपछि धेरैको अवस्था तरुणकै जस्तो भयो । देशमा शान्ति र स्थिर राजनीति हुने हो भने धेरैको अवस्था त्यस्तो हुने थिएन ।
गोरख
यो सबिन विष्टको कमाल हो (चर्चामा : भाइरल भएको एउटा गीत) । कार्टुन क्रुलाई टपमा पुर्याएजस्तै उनले यो गीतलाई पनि चर्चामा ल्याए । यो गीतको अभिनय एकदम राम्रो छ । समाचारमा युट्युबको लिंक पनि राखिएको भए राम्रो हुने थियो ।
सञ्जय पोखरेल, एएल सुब्बा
ज्योतिष सुनिल सिटौलाको अन्तर्वार्ता पढेपछि धेरै कुरा बुझ्न पाइयो (अन्तरवार्ता : जन्मदाको साइतअनुरुप भविष्य निर्धारण हुन्छ) । प्रतिष्ठित मानिसहरू पनि ज्योतिष विज्ञानमा विश्वास गर्दा रहेछन् । त्यसैले होला, यसको महत्व कहिल्यै घटेन, बरु बढ्दै गयो ।
निर्मल
चर्चित र केही उच्च खानदानका व्यक्तिका चर्चित विवाहका बारेमा पढ्न पाइयो (केही चर्चित विवाह) । विवाहमा किन यति ठूलो रकम खर्च गरिन्छ ? बरु त्यो पैसा कुनै समाजसेवामा लगाएको भए हुन्थ्यो ।
सन्तोषी बराल
राज्यसत्तासँग विवाहको साइनो कसरी गाँसिन्छ भन्ने कुरा यो सामग्री पढेपछि छर्लङ्ग हुन्छ (इतिहास : राज्यसत्ता र विवाहको साइनो) । बिर्सिएको इतिहासका सम्बन्धमा जानकारी मिल्यो । अन्य अंकमा पनि यस्तै रोचक सामग्री पढ्न पाइयोस् ।
माधव सापकोटा
गायक सुरज श्रेष्ठजीलाई शुभकामना छ । तपाईंको म्युजिक भिडियो राम्रो चलोस् (विमोचन/प्रिमियर कालो कपाल) ।
सुनिल सिंह
नालापानीका बारेमा चलचित्र बन्न लागेको खबर सुनेर खुसी लाग्यो (नालापानीका लागि अडिसन) । पुर्खाहरूले लडेको लडाइँका बारेमा जीवन्त चलचित्र बनोस् । नेपालीहरूले भुल्दै गएको ऐतिहासिक स्थल चर्चामा आओस् ।
इन्द्र पौडेल
दीपेन्द्र सिंह ऐरीको तरिका नौलो रहेछ (ऐतिहासिक जितका नायक) । पछाडि परेको ठाउँबाट उदाएका दीपेन्द्रको यात्रा अघि बढिरहोस् ।
सुमन साँवद
चिाहे मागी होस् वा भागी, त्यसमा समझदारी होस्, प्रेम होस् (बिहे : मागी कि भागी ?) । एक–अर्काप्रति सम्मानको भावना होस् । त्यही सम्बन्ध दिगो हुन्छ ।
आदम कार्की
यौन स्वास्थ्यसम्बन्धी डा. सुमनराज ताम्राकारको लेख पठनीय लाग्यो (विवाहको सेरोफेरोमा यौनस्वास्थ्य) ।
रोहित
पहिलो विश्वमा विवाहसम्बन्धी अनौठा तथ्यहरू पढ्न पाइयो (पहिलो विश्व : सर्वाधिक अग्लो स्थानमा विवाह) । रमाइला घटनाहरू रहेछन् ।
राजु तामाङ
उहिलेको जमानामा कति थोरै पैसामा विवाह सम्पन्न हुन्थ्यो (पहिलेको विवाह : पाँच सयमा सकियो विवाह) । सत्यमोहन जोशीको उहिलेको विवाह रमाइलो लाग्यो । त्यो बेलाको नेपाली समाजका बारेमा समेत जानकारी पाइयो ।
कमला नेपाल
राष्ट्रकवि माधव घिमिरेका धेरै कुरा जान्न पाइयो (पहिलेको विवाह : स्नेहको बन्धन हुन्थ्यो विवाह) । फेटा गुथ्ने, जन्ती जाने जस्ता कुराहरू अब त सम्झनामा मात्र सीमित भए । आधुनिक जमानाको भन्दा पुरानै समाजको शैली एवं परम्परा अझ सुन्दर लाग्यो ।
प्रबिन केसी
मस्टर ओसियनमा भाग लिएका विवेक खड्कालाई अग्रिम शुभकामना छ (मिस्टर ओसियनमा विवेक) । नेपालको नाम राख्न सफल हुनुहोस् ।
भीम लिम्बू