साप्ताहिक संवाददाता
२१ औँ संस्करणको हिट्स एफ.एम. म्यूजिक अवार्डको मनोनयन सार्वजनिक भएको छ । नेपाली गीत संगीतका विभिन्न विधामा उत्कृष्ठ ५ मा पर्न सफल कलाकार तथा गीत सार्वजनिक गरिएको हो । सार्वजनिक नोमिनेसनमा ७४ साल बैशाखदेखि मंसिरसम्म सार्वजनिक गीतका विभिन्न विधाहरुलाई समावेश गरिएको छ ।
दीपक बज्राचार्यको सानी सर्वेत्कृष्ट पुरुष गायन पप्, सर्वोत्कृष्ट पप् रक् सङ्गीत सृजना, सर्वोत्कृष्ट सङ्गीत संयोजन र सर्वोत्कृष्ट गीतको विधामा मनोनयनमा परेको छ । गायक हेमन्त रानाको साइली सर्वेत्कृष्ट पुरुष गायन पप्, सर्वोत्कृष्ट पप् रक् सङ्गीत सृजना, सर्वोत्कृष्ट सङ्गीत संयोजन र सर्वोत्कृष्ट गीत विधाको मनोनयनमा छ । गायक कर्ण दास सर्वोत्कृष्ट युगल गायन, सर्वोत्कृष्ट सङ्गीत सृजना र सर्वोत्कृष्ट एकल गायन पुरुषको विधामा मनोनयनमा पर्न सफल भएका छन् । गायक राजेस पायल राई सर्वोत्कृष्ट युगल गायन, सर्वोत्कृष्ट गीति संग्रह र सर्वोत्कृष्ट एकल गायन पुरुषको विधामा मनोनयनमा छन् ।
सर्वोत्कृष्ट रचनामा बर्तिका एम राई, बिरेन्द्र पाठक, एक नारायण भण्डारी, राजेन्द्र थापा र श्वेता मैनाली मनोनयनमा छन् भने सर्वोत्कृष्ट सङ्गीत सृजनामा आशिष अविरल, हरि लम्साल, कर्ण दास र शिव परियार मनोनयनमा परेका छन् । सर्वोत्कृष्ट सङ्गीत संयोजनमा आशिष अविरल, विपुल छेत्री, दीपक बज्राचार्य र रिदम ब्याण्ड, रिकेश गुरुङ्ग र महाराज थापा मनोनयनमा परेका छन् ।
सवोत्कृष्ट एकल गायन महिलातर्फ अन्जु पन्त, बानिका प्रधान, जोनिशा पौडेल, मेलिना राई, मिलन अमात्य मनोनयनमा छन् भने पुरुष तर्फ अजर जङ्गम, कर्ण दास, राजेश पायल राई, सत्यराज आचार्य र शिव परियार मनोनयनमा पर्न सफल छन् । अर्वाडको मनोनय सार्वजनिक भएपनि अवार्ड हुने मिति भने सार्वजनिक भैसकेको छैन् ।