साप्ताहिक संवाददाता
जापानिज निर्देशकले बनाएको चलचित्र ‘माई लभ’ को नेपाली स्याड भर्सन गीत ‘ढल्यो ढल्यो’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीत चलचित्र यूनिटले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा भुकम्प पछिको अस्तव्यस्त र धरहरा ढल्दाको चित्र प्रस्तुत गरिएको छ । गीतमा कलाकार गणेश लामालाई फिचरिङ गरिएको छ । सार्वजनिक गीतमा राज सागरको स्वर तथा संगीत रहेको छ । शुष्मा देवकोटाको शब्द रहेको गीतलाई नारायण जिसीले खिचेका हुन् । चलचित्र यही मंसीर २९ गतेदेखि काठमाडौं उपत्यकासहित देशभरका मल्टिप्लेक्सहरुमा रिलिज हुँदैछ ।
जापानी निर्देशक डा.तोसिआकी इतोहले निर्देशन गरेको चलचित्रमा गणेश लामा, जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका रहेको छ । यस्तै नेपाली कलाकारहरु चैत्यदेवी सिंह, चाादनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेतको अभिनय हेर्न पाइनेछ ।
गीतको भिडियो :