साप्ताहिक संवाददाता
हरेक वर्ष झै यो वर्ष पनि एलजी का फ्रन्टलोड वासिङ्ग मेसिन को विक्री छ्याप छ्याप्ती भइरहेको छ । एलजी फ्रन्टलोड वासिङ्ग मेसिन विश्व बजारमा मात्र नभई नेपाली बजारमा पनि धेरै अगाडि छ ।
एलजीका वासिङ्ग मेसिन बिक्नुका श्रेय वासिङ्ग मशिनमा जडित डाइरेक्ट ड्राइभ मोटर हो, अरु ब्राण्डमा भने यसको सट्टा पुरानो प्रविधिको बेल्ट र पुली सिस्टम प्रयोग हुन्छ । यो मोटरमा पनि एलजीले १० वर्षको वारेण्टी पनि दिदै गर्दै आएको छ ।
आमाको हातले धोएको जस्तो ६ विभिन्न तरिका (6 Motion) ले धुने हुनाले एलजीका मेसिनमा गरिएको धुलाई अरु भन्दा धेरैनै राम्रो हुने गर्दछ । यी बाहेक एलजीका वासिङ्ग मेसिनमा TurboWash र TrueSteam जस्ता फिचर्स छन् जसले लुगा १ घण्टा भन्दा कम समयमा र लुगालाई रिफ्रेस गर्ने काम गर्दछन् ।
नेपालका लागि एलजी ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. हो ।