साप्ताहिक संवाददाता
मंसिर ११, २०७४
अभिनेत्री अनु शाहले पछिल्लो पटक तेस्रो लिंगी हुँदा अनुभव संगालेकी छन् । दर्जन बढी चलचित्रमा विभिन्न भूमिकामा प्रस्तुत भएकी अनुले यसपटक एक म्यूजिक भिडियो तेस्रो लिंगीको भूमिका निर्वाह गरेकी छिन् ।
गायक तुलसी सिवाकोटी एक नयाँ गीतको म्यूजिक भिडियोमा उनले यस्तो भूमिका निर्वाह गरेकी हुन् । ‘म त मान्छे सिधा साधा’ बोलको सार्वजनिक गीतमा सुर्य खत्रीको शब्द रहेको छ ।
सार्वजनिक गीतको म्यूजिक भिडियोमा अनुलाई गायक शिवाकोटीले नै अभिनयमा साथ दिएका छन् । लिला सिवाकोटीको संगीत तथा निरज श्रेष्ठको संगीत संयोजन रहेको उक्त गीतको म्यूजिक भिडियो रोमान्टिक शैलीमा निर्माण गरिएको छ ।
उत्सव दाहालको छायांकन रहेको भिडियोका सम्पादक निशान घिमिरे हुन् ।
म त मान्छे सिधा सिधाको म्यूजिक भिडियो :