साप्ताहिक संवाददाता
म त मेरी आमाकी दिवानी हुँ । म आज जे छु, आमाकै कारणले छु र म मेरी आमा जस्तै बन्न चाहन्छु ।
पूजा शर्मा, अभिनेत्री
श्रीदेवीको सेक्सी अदाको ।
सुवास थापा, निर्माता
ऐश्वर्या रायको, उनलाई देखेदेखि म उनको ठूलो प्रशंसक भएँ । मलाई उनीजस्ती राम्री महिला संसारमा अरू पनि छन् जस्तो लाग्दैन । म अहिलेसम्म पनि उनकै दिवाना छु ।
नरेन खड्का, अभिनेता
कलेज पढ्दा एउटी केटीको दिवाना थिएँ, जो अहिले मेरी श्रीमती छिन् ।
नवनितराज प्रधान, व्यवसायी
अभिनयमा डा. मसहुर गुलाटी बन्ने सुनिल ग्रोवरको । मलाई पनि उनीजस्तै बन्ने रहर छ ।
दिनेश काफ्ले, क्यारिकेचर अभिनेता
आफ्नै श्रीमतीको ।
सुदाम थापा, संगीतकार
खासै छैन, बरु मेरा दिवाना होलान् ।
जान्वी बोहोरा, अभिनेत्री
नाइँ, अहिलेसम्म कसैको छैन ।
सन्तोष सेन, निर्माता
स्कुले जीवनमा श्रीदेवीको भयंकर दिवाना थिएँ । उनको चलचित्र चालबाज भक्तपुरको हलमा १७ पटक हेरेको थिएँ ।
शिशिर राणा, निर्देशक/अभिनेता
खोइ....छैनन् ।
मरिष्का पोखरेल, अभिनेत्री
कोही कसैको किन दिवाना हुन्छन् ? मैले नबुझेको कुरा ।
राज सागर, संगीतकार/गायक
थिएँ, तर कसको ? किन ? थाहा छैन, किनभने दिवानापन परिवर्तनशील हुँदो रै’छ ।
हेमन्त गौतम, रंगकर्मी
१८ वर्षको हुँदा भएको थिएँ, तर उहाँको अरू कसैसँग विवाह भैसक्यो । भो अब त्यो कुरा नगरौं ।
मिलन चाम्स, निर्देशक
प्रेमको सवालमा हो भने कसैको पनि दिवान भइएन । आकर्षणको सवालमा चाहिँ प्रियंका चोपडालाई स्क्रिनमा देख्दा अहिले पनि ‘कुछ कुछ होता है’ ।
शिवम अधिकारी, लेखक/निर्देशक
मेरो पहिलो प्रेम, जसका प्रति म फिदा भएको थिएँ र अहिले पनि फिदा छु ।
सुनिल रावल, निर्माता
म मेरो बुवा–आमाको दिवाना छु र उहाँहरूमै फिदा हुन्छु, किनभने उहाँहरूकै कारण म यो रमाइलो संसारमा आएँ ।
शेखर बगाडिया, गायक
म जीवनमा पहिलो र अन्तिमपल्ट मेरी तत्कालीन गर्लफ्रेन्ड र हालकी जीवनसंगिनी सदु नानुसँग लास्टै फिदा भएको र भैरहेको अवस्था छ । त्यसबाहेक म आफ्नो कर्मप्रति त्यत्तिकै दिवाना छु ।
डिपी खनाल, गीतकार
म लता मंगेशकरको स्वर, ऐश्वर्या रायको सौन्दर्य, रेखा थापा तथा करिश्मा मानन्धरको रूपको दिवाना हुँ ।
यम बराल, गायक
१८ वर्षअघि कोरियोग्राफर तथा मोडल आयुषी शाहको दिवाना भएर ऊप्रति फिदा भएको थिएँ र अहिले पनि छु । म त्यो भाग्यमानीमध्ये एक हुँ, जसले आफू जसको दिवाना थियो उसकै हुन पायो ।
विकास खतिवडा, फोटोग्राफर
कुरै नगर्नुहोस्, धेरै पटक भइयो । ३ कक्षादेखि नै यो यात्रा प्रारम्भ भयो । सानैदेखि विपरीत लिंगीहरूप्रति आकर्षित भइयो । ३ कक्षामा सहपाठी, ६ कक्षामा गाउँकी केटी, ८ कक्षामा बलिउडकी श्रीदेवी, त्यो क्रम आज प्रियंका चोपडासम्म आइपुग्दा पनि रोकिएको छैन । दिवाना वा फिदा भनेको आकर्षण हो, जुन समयअनुसार परिवर्तन हुँदै जान्छ । फूल टिप्नै ललायित हुनु भएन, बगैंचासँग आकर्षित हुन पाइन्छ ।
दीपकराज गिरी, अभिनेता
दिवाना भन्ने कि फिदा भन्ने कुरा सोनाक्षी सिन्हासँग गाँसिएको छ । म उनको मुस्कान देख्नेबित्तिकै मख्ख पर्छु, तर यो कुरा मेरी श्रीमतीले थाहा पाउनुहुन्न भन्ने सर्तमा भनेको छु है ?
घनश्याम गौतम, नक्कली प्रचण्ड
म नम्रता श्रेष्ठको खतरनाक दिवाना हुँ, माइन्ड इट ।
कुमार भट्टराई, निर्देशक
फिदा हुने उमेरमा फिदा हुनु भनेको के हो थाहा थिएन, अहिले फिदा हुन मन लाग्छ, तर आफूसँग समय छैन ।
जनकदीप पराजुली, निर्देशक
कुनै जमानामा म मिथुन चक्रवर्ती र अमिताभ बच्चनको दिवाना थिएँ ।
मौनता श्रेष्ठ, चलचित्र लेखक
दिवाना त म थिएँ, तर उनले मेरो दिवानगी बुझिनन् अनि म पनि अर्कैतिर लागेँ ।
नीराजन प्रधान, अभिनेता