फोब्र्स म्यागजिनका अनुसार विश्वकै दोस्रो कान्छी धनाढ्य क्याथरिना एन्डरसनलाई तीव्र गतिमा सवारी चलाएको अभियोगमा ३१ लाख ५१ हजार जरिवाना गरिएको छ ।
नर्वेकी २२ वर्षीया क्याथरिनाले तेस्रो पटक तीव्र गतिमा सवारी चलाएको अभियोगमा नर्वेको प्रहरीले उक्त कारबाही गरेको हो । नर्वेको कानुनअनुसार अभियोग लागेको व्यक्तिको आम्दानीअनुसार जरिवाना गरिने भएकाले उनले यति ठूलो रकम तिर्नुपरेको हो ।
सुर्तीजन्य कम्पनीको सेयरको ठूलो हिस्सा ओगटेकी क्याथरिनासँग अहिले १ खर्ब ६८ अर्ब ५१ करोड रुपैयाँ छ । पिता जोहानले आफ्नो नाममा रहेको कम्पनीको ४२ प्रतिशत सेयर दुई छोरीलाई दिएपछि उनीसँग यति धन आएको हो । क्याथरिनाकी बहिनी २० वर्षीया एलेक्सज्यान्ड्रासँग पनि उत्तिकै सम्पत्ति छ ।
क्याथरिनालाई सम्भवत: १३ महिना सवारी चलाउन प्रतिबन्ध लाग्नुका साथै ३ साताको कारावास हुनेछ । उनका वकिलहरू कारावासको समयलाई १८ दिनसम्म पुर्याउने प्रयासमा छन् ।