मंसिर १४, २०७४
बलिउडका स्टार पुत्र–पुत्री अभिनयमा आउनु नौलो कुरा होइन । यतिबेला अभिनेत्री श्रीदेवीकी छोरी जाहन्वी कपूर अभिनेत्रीका रूपमा चलचित्रमा पदार्पण गर्न तयार भएकी छिन् । जाहन्वीलाई करण जौहरले चलचित्र धडकमार्फत दर्शकमाझ ल्याउनेछन् ।
श्रीदेवी तथा बोनी कपुरले आफ्नी छोरीलाई आकर्षक शैलीमा बलिउड प्रवेश गराउन चाहिरहेका बेला करण जौहरले उनीहरूको चाहना पूरा गरिदिन लागेका हुन् । यो चलचित्रमा जाहन्वीसँगै अभिनेता शाहिद कपुरका भाइ इशान खट्टर पनि पहिलो पटक चलचित्रमा पदार्पण गर्दैछन् ।
छोरीको पहिलो चलचित्र भएकाले हुन सक्छ, श्रीदेवीले पनि यो चलचित्रमा एउटा सानो भूमिका निर्वाह गर्ने निश्चित भएको बताइन्छ । चलचित्रमा उनी जाहन्वीकी आमाको छोटो तर महत्वपूर्ण भूमिकामा प्रस्तुत हुनेछिन् ।