साप्ताहिक संवाददाता
मंसिर १४, २०७४
नेपाल आइडलको उत्कृष्ट १० मा पुगेर चर्चा कमाएकी मेनुका पौडेलको स्वरमा सुमधुर गीतहरूको आनन्द लिनका लागि आज शुक्रबार साँझ हेलो क्याफेले प्रबन्ध मिलाएको छ । हेलो क्याफेका स्वादिला परिकारहरूको स्वादसँगै गायिका मेनुका पौडेलका गीतहरू सुन्न सकिनेछ ।
मिति : मंसिर १५ गते शुक्रबार
स्थान : हेलो क्याफे, बागबजार, काठमाडौं
समय : साँझ ६ बजेदेखि