साप्ताहिक संवाददाता
निर्देशक : जनक खड्का
संगीत : चेतन सापकोटा/ नारायण राई
कलाकार : अजय सुनार, दुर्गाराज पाण्डे, शर्मिला नेपाल, राधिका घिमिरे, ईश्वरी बराल, मुस्कान काप्री आदि ।
ग्रामीण क्षेत्रमा व्याप्त गरिबीको विषयवस्तुमा आधारित चलचित्र फिक्काको सार्वजनिक प्रदर्शन आज मंसिर १५ गतेदेखि हुने भएको छ । पारिवारिक प्रेमकथालाई मूल विषय बनाइएको चलचित्र फिक्काको निर्माण नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष तथा नेपालकी पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठले गरेकी हुन् । जनक खड्काद्वारा निर्देशित उक्त चलचित्रका प्रस्तुतकर्ता भने अजय सुनार हुन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण भैरहेको हास्य कार्यक्रम
ट्वाक्क टुक्क रिटन्र्सका सहायक निर्देशक खड्काले यसअघि २१ वर्षकै उमेरमा चलचित्र २१ वर्षको निर्देशन गरेका थिए । चलचित्र फिक्कामा उनले एक दृष्टिविहीन युवकको पारिवारिक र प्रेम सम्बन्धलाई उतारेका छन् । जापानमा विशेष प्रदर्शन भैसकेको चलचित्र फिक्कामा अजय सुनार, दुर्गाराज पाण्डे, शर्मिला नेपाल, राधिका घिमिरे, ईश्वरी बराल, मुस्कान काप्री आदि कलाकारले अभिनय गरेका छन् ।
रीता खाती सुनारको लेखन, एनबी अञ्जानको कला निर्देशन रहेको यो चलचित्रमा राजु श्रेष्ठको सम्पादन, अनन्त घिमिरेको कलर करेक्सन, अमित श्रेष्ठ ब्याकग्राउन्ड म्युजिक तथा मिक्सिङ रहेको छ ।
चलचित्रलाई सुनिल मानन्धरले वितरण गर्न लागेका हुन् । नेपालसहित बेल्जियम, स्पेन, बेलायत, बहराइनसहितका देशमा समेत यो चलचित्र प्रदर्शन हुने चलचित्रका प्रस्तुतकर्ता तथा अभिनेता अजय सुनारले बताएका छन् ।