साप्ताहिक संवाददाता
मंसिर १५, २०७४
कास्कीको मोदी नदीमा साहसिक खेलसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कायाकिङ प्रतियोगिता हुने भएको छ । कास्कीको विरेठाँटीस्थित मोदी नदीमा करिब ३ सय मिटर लम्बाइमा उक्त प्रतियोगिता हुन लागेको हो ।
नेपाल कायक एन्ड क्यानोन क्लब र विरेठाँटी क्यानोनिङको संयुक्त आयोजनामा मंसिर १५ देखि १७ गतेसम्म हुने उक्त प्रतियोगितामा देश तथा विदेशका करिब ४० खेलाडीले सहभागी जनाउने बताइएको छ ।
प्रतियोगितामा सहभागी खेलाडीहरूले पार गर्ने समयका आधारमा विजेता घोषणा गरिनेछ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।