साप्ताहिक संवाददाता
मंसिर १६, २०७४
आज मंसिर १६ गते शनिबार पोखरामा गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटा झुल्कँदैछन् । ‘कर्पोरेट कनेक्सन’को दोस्रो सिजनका अवसरमा आफ्नो प्रस्तुति राख्न बाँस्कोटा पोखरा पुग्ने भएका हुन् । कार्यक्रममा अभिनेत्री निता ढुंगाना, हास्यकलाकार जोगिन्दर पानवाला र जादुगर सुरज मैनालीको विशेष प्रस्तुति रहनेछ ।
साँझ ६ बजे सुरु हुने यो विशेष सांगीतिक कार्यक्रममा पोखरासँगै देशभरका कर्पोरेट क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने आयोजक एएसएपी इभेन्ट कम्पनीका म्यानेजिङ डाइरेक्टर सन्तोष अधिकारीले जानकारी दिए ।
कार्यक्रममा कर्पोरेट क्षेत्रका मानिसहरूलाई लक्षित गर्दै रञ्जित आचार्यको विशेष प्रवचन समेत राखिएको छ । कार्यक्रममा सहभागी हुन १ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ ।