साप्ताहिक संवाददाता
न्यानो लुगा लाउने अनि खसीको खुट्टाको सुप पिउने ।
नरेशदेव पन्त, गीतकार/निर्माता
चिसो छल्ने उत्तम उपाय भनेकै चिसोबाट बच्ने हो । चिसो मौसममा तातो सुप, कफी आदि पिउने, शरीरको तापक्रम वृद्धि गर्ने खानपान अपनाउने र तातो पहिरन पहिरिने । दुईपांग्रे सवारी साधन प्रयोग गर्नेले चेष्टगार्डको प्रयोग गर्ने । निजी सवारी साधन वा सार्वजनिक सवारी साधन प्रयोग गर्नेले पनि न्यानो लुगा लगाउने । चिसोमा न्यानो जीवनयापन, सुरक्षित जीवन ।
विदुर गिरी, पत्रकार
न्यानो कपडा लगाउनु, चिसो लाग्ने खानेकुरा नखाने । यस्तै त हो नि ।
ओमलाल अकेला, फोटोग्राफर
चिसो छल्ने तीन उपाय :
१. उलन र भेल्भेटका बाक्ला कपडा लगाउने, पन्जा, टोपी र मोजा लगाउने ।
२. तातो पानी, चियाकफी खाइरहने, आफ्नो शरीरलाई तातो र न्यानो हुने खानेकुरामा ध्यान दिने ।
३. चिसोमा धेरै नहिँड्ने, चिसो पानी धेरै प्रयोग नगर्ने, चिसो खाने कुराहरू नखाने ।
अनुष्का पाठक, गायिका
अदुवा र मरीच हालेको तात्तातो चिया पिउने ।
मिलन श्रेष्ठ, चलचित्र सम्पादक
बिहान तातो चियाको चु्स्की, बेलुका सिंगल माल्ट ह्विस्की ।
पावेल उदास, अभिनेता
चिया पिउनु तातो हुन्छ ।
कृति खरेल, मोडल
सिम्पल छ त, न्यानो लुगा लगाउने ।
प्रवीण श्रेष्ठ, निर्देशक/सम्पादक
तातो खाना, न्यानो लुगा ।
कुशल पाण्डे, अभिनेता
बिहान राम, दिउँसो घाम, राति हनी विद रम ।
डिजे नोक्स
सकारात्मक र सिर्जनात्मक काममा सधैं व्यस्त रहे, जाडो मात्र होइन, सबै समस्यालाई छल्न सकिन्छ ।
आरके सुवेदी, पत्रकार
चिसोबाट बच्न तातो काम, तातो कुरा भए पुग्छ ।
अनुराग कुँवर, अभिनेता/व्यवसायी
न्यानो कपडा लगाउने, एक पेग दबाउने, खसीको खुट्टाको सुप सुरुप्प पार्ने अनि .........आफै बुझ्नुस् ।
दीपक अधिकारी, अभिनेता
न्यानो कपडा लगाउने, दिनमा एकपटक तात्तातो खसीको हड्डीको सुप पिउने । त्यसले पनि भएन भने सुत्ने बेला एक पेग रममा मह मिसाएर घुटुक्क पार्ने । लास्टमा सिरकभित्र गुटुमुटु भएर मंकी टोपी लगाएर सुत्ने ।
हिमाल सागर, गायक
बाक्लो कपडा लगाउने, तातो पानी पिउने अनि चिसो ठाउँमा नबस्ने ।
हरिशा बानियाँ, अभिनेत्री
पसिना आउने गरी जिम वा व्यायाम गर्ने ।
नवीन लम्साल, अभिनेता
बिहान र दिउँसो त चियाको चुस्कीले पुग्छ, साँझचाहिँ टुच्च दिनुपर्छ ।
बनिश शाह, चलचित्र सम्पादक
दराज रित्तिने गरी टम्म लुगा लगाउने ।
लव कार्की, टेलिभिजनकर्मी
ग्वाम्म सिरक ओढेर सुत्ने ।
ज्ञानेन्द देउजा, निर्देशक
दिलमे गम, गिलास मे रम दारु हो तुम्हारी और पिलाएँ हम ।
जित राघव, अभिनेता/व्यवसायी
तातो कपडा लाउने, शरीर तात्ने खानाहरू खाने, बिहान वा बेलुकी एक घण्टा शरीर तात्ने व्यायाम गर्ने । काम नपरी बिहान वा राति घरबाट बाहिर ननिस्कने ।
बाबु बोगटी, गायक/अभिनेता
रुई, फुई र दुई ।
सुवास थापा, चलचित्र निर्माता
दिउसो ११ देखि १२ बजेसम्मको एक घण्टा घाममा मज्जाले बस्ने । सकिन्छ भने चिया वा कफी पिउँदै ।
जेबिका कार्की, अभिनेत्री