साप्ताहिक संवाददाता
मंसिर १७, २०७४
गायक शिव परियार नयाँ गीत सहित दर्शक–स्रोता सामु प्रस्तुत भएका छन् । नेपाली सांगीतिक बजारमा कयौं हिट गीत दिएका परियारले ‘आँशुको अर्थ’बोलको गीतका अडियो युटुब बाट रिलिज गरेका हुन् । गीतमा गायक तथा संगीतकार टंक बुढाथोकिको संगीत रहेको छ ।
सञ्चारकर्मी रवि अधिकारीले लेखेको गीत अघिल्ला आफ्ना गीत जस्तै स्रोताले मन पराउँने शिवको दाबी छ । गीतको लोकप्रियताका लागि शिवले ‘कभर गीत’ गाउनेलाई गीत रेकर्डको निशुल्क अवसर दिने जनाएका छन् । यो अवसर भने संगीतकार टंक बुढाथोकिको स्टुडिले प्रदान गर्ने छ ।
यस्तै उत्कृस्ट भिडियो निर्देशक र उत्कृष्ट अभिनय गर्नेलाई गीतको ओरिजिनल भिडियोमा अभिनय तथा निर्देशन को मौका दिनुको साथै नगद पुरुस्कार समेत प्रदान गर्ने बताईएको छ ।
गीतको अडियो