साप्ताहिक संवाददाता
नेपाली चलचित्रका क्षेत्रमा निक्कै काम गरेको छायाछवि क्रियसनले आईतबार काव्य यात्राको सुभारम्भ गर्यो । काव्य यात्राको पहिलो श्रृङ्खलामा युवा पुस्ताका शसक्त कवि हेम प्रभावसमा गजलकार सुशीला पौडेल प्रस्तुत भए । यस भन्दा अघि एक मुक्तक संग्रह विमोचन गरेको संस्थाले काव्य यात्रालाई दोस्रो यात्रा भनेर अंकन गरेको छ ।
कार्यक्रमको पहिलो चरणमा आफ्ना ६ गजल प्रस्तुत गरेकी सुशीलाले दोस्रो चरणमा पनि आफ्ना ६ गजल प्रस्तुत गरेकी थिईन ।
हेमले ‘नयाँ शताब्दीको बूढो बालक’, ‘मेरा बा किसान हुन्’, ‘भेट र पृथकता’, ‘तिम्रो भाग्यको नीलो पहाड’, ‘कवि कृष्णेको सपना’, ‘पत्रको सारांश’, ‘म मरेको साँझ’ र ‘अधुरो सिलसिला’ गरी ९ कविता सुनाएका थिए । उनका कवितामा सामाजिक विसंगति, समसामयिक परिवेश र नेपाली समाजका सामाजिक यथार्थहरू समेटिएका थिए ।
यो काव्य यात्राले हरेक महिना निरन्तरता पाउँने छायाँछविका अध्यक्ष शान्ति प्रियले बताएका छन् ।