साप्ताहिक संवाददाता
मंसिर १८, २०७४
युवा गायक इन्द्र कार्कीको आधुनिक लोक पप ‘आफु त गाउँले’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । यसमा गायक कार्कीकै स्वर तथा शब्द रहेको छ । बरिष्ठ संगीतकार पूर्ण गुरुङले यस गीतमा संगीतको भरेका छन् ।
यस भिडियोमा जुना सुन्दास, कमल सिंह, सुरज सिंह र मनिषा तामाङको अभिनय देख्न सकिन्छ । यस भिडियोको निर्देशन प्रदिप सिंह थापाले र छायांकन जितेन्द्र प्रसाद थपलियाले गरेका हुन् । जसमा कोरियोग्राफी शिबन पोखरेल र सम्पादन सुधन बस्नेतले गरेका छन् ।
गीतको म्यूजिक भिडियो