साप्ताहिक संवाददाता
आजकाल धेरै तरिकाबाट फेसबुक एक समानान्तर ब्रह्माण्ड नै बनेको छ । लाखौं मानिस आफ्नो मोबाइलमा फेसबुक प्रयोग गर्छन् र लाखौं अरू मानिस लग आउटसमेत गर्दैनन् । अहिले धेरै व्यापार–व्यवसाय फेसबुकमार्फत चलेका छन् कतिपयले त आफ्नो वेबसाइट नै नबनाइ फेसबुक पेजबाटै सञ्चालित पनि भएका छन् । अहिलेको जस्तो सूचना प्रविधिको को बढ्दो विकास क्रममा सञ्चारका धेरै माध्यम बनेका छन् तर पनि प्राय: मानिसले फेसबुक म्यासेन्जर प्रयोग गरी कल तथा सन्देश प्रवाह गर्ने गरेका छन् । यति सबै गुण फेसबुकमा भए पनि मानिसहरूले कहिले कहीँ केही अप्ठ्यारो पनि भोग्नुपरेको छ जसले गर्दा अमूल्य समय बर्बाद त भएकै छ गोपनीयता समेत भंग हुने गरेको छ ।
यहाँ छन् ५ यस्ता जुक्ति जसले तपाईंको फेसबुक अनुभव सुधार गर्न मद्दत गर्छ :
१. आफ्नो टाइम लाइनमा अरूलाई लेख्नबाट रोक्नुहोस्
कहिलेकहीं तपाईंले यस्तो पनि भोग्नुपरेको होला, तपाईंको भर्खर फेसबुक चलाउन सिक्नु हुने छिमेकी आन्टी अथवा कलेजको साथीले कुनै उनीहरूलाई मन परेको भिडियो तपाईंको फेसबुक भित्तामा पोस्ट गरेको होस् तर तपाईंलाई त्यो पटक्कै मन नपरेको होस् । कुनै बेला त आपित्तजनक र भ्रामक कुराहरू पनि हुन सक्छन् । कमेन्टहरूमा तितो तर्क बितर्क हुदै कहिले नसोचेको झगडा नै परेको पनि उदाहरण छन् ।
फेसबुकले मानिसहरूलाई आफ्नो टाइम लाइनमा लेख्नबाट सजिलै रोक्न दिएको छ जसले गर्दा आफ्नो फुर्सदको समयमा सामान्य तरिकाले चलाउन सकियोस अनि आफ्नो फेसबुक को भित्ता डिजिटल रद्दीबाट पनि सुरक्षित होस् ।
डेस्कटपबाट यसो गर्न, सेटिङमा जानुहोस् अनि देब्रेतिरको टाइम लाइन एण्ड ट्यागिंग’ मा क्लिक गर्नुहोस्, त्यहाँ इडिट भन्ने बटम हुन्छ त्यसलाई क्लिक गर्नुहोस् । अब ‘हु क्यान पोस्ट अन योर टाइमलाइन’ भन्ने ठाउँमा ओन्ली मी छान्नु पर्ने हुन्छ । यसो गर्नाले तपाईंको वालमा कसैले केही पोस्ट गर्न सक्दैनन् ।.
तपाईले अटोमेटिक पोस्ट ट्यागिंगलाई समेत यहाँबाट अफ गर्न सक्नुहुन्छ र यसो गर्नाले तपाईंले अनुमोदन नगरी त्यो पोस्ट तपाईंको फेसबुक भित्तामा आउँदैन ।
२. आफ्ना तस्बिर सार्वजनिक छन् कि भनेर छानबिन गर्नुहोस्
फेसबुक प्राय: फोटो ट्यागमा होसियार नै छ. यदि कसैले तपाईंको फोटो ट्याग गर्यो भने तपाईंले त्यसको सूचना पाउनु हुन्छ र तपाईसँग त्यो ट्याग हटाउने विकल्प पनि हुनेछ । कहिलेकहीँ अनलाइन गतिविधिको उत्तेजनामा तपाइले ट्याग भएको पत्तो पनि पाउनु हुन्न तर सार्वजनिक रूपमा हामी सबैले देखिने गरि फेसबुक मा देखिसकेका हुन्छौं । फोटो हेरेर हामी त्यसलाई मेटाउन पनि सक्छौं ।
कुन–कुन फोटोमा ट्याग भएको हेर्न आफ्नो ‘एक्टिभीटि लग’ मा जानुहोस् अनि देब्रेतिरको फोटोज्मा क्लिक गर्नुहोस् त्यसपछि ‘फोटो अफ यु’ मा क्लिक गर्नुहोस् ।
अब यहाँबाट धेरै काम गर्न सकिन्छ. सेयेर्ड विथ बटममा पब्लिक छान्नु भयो भने तपाईंको सबै सार्वजनिक फोटो देखिनेछ । यी सबै फोटोहरू तपार्इं लुकाउन सक्नुहुन्छ वा रिपोर्ट पनि गर्न सक्नुहुन्छ ।
३. कुनै पोस्टको नोटिफिकेसन बन्द गर्ने उपाय
यो उपायले धेरै नोटिपmिकेसन आउन बन्द गर्छ । सोच्नुहोस् कि तपाईं आफ्नो साथीको कुनै पोष्टमा ट्याग हुनुहुन्छ र त्यस साथीको अरू धेरै साथीहरू पनि छन् । अब हरेक सेकेन्डमा तपाईंले नोटिफिकेसन पाइरहनु भएको हुन्छ किनभने तपाईंको साथीको पोस्टमा अरू साथीहरूले कमेन्ट गर्दै छन् र कमेन्ट भित्र जवाफ पनि फर्काउँदै छन्, अब यति धेरै नोटिफिकेसन आउँछ कि तपार्इं अाित्तनु हुनेछ । यदि ती सबै मानिस तपाईंले चिन्नुभएको छैन भने त झर्को नै हुन्छ. त्यसैले तपाईंले यस्ता किसिममा नोटिफिकेसन बन्द गर्न सक्नुहुन्छ ।
त्यसका लागि उक्त पोष्टमा जानुहोस् र दाहिने पट्टीको कुनामा भएको एरो क्लिक गर्नुहोस् । त्यहाँ भएको टन अफ नोटिफिकेसन फर दिस पोष्ट छान्नुहोस् । यो दुवै डेस्कटप र मोबाइल भर्जन मा गर्न मिल्छ ।
४. बाहिरबाटै फेसबुक लग आऊट
कुनै अपरिचित कम्प्युटरबाट फेसबुक चलाउने सयौं कारण हुन सक्छन् । तपाईंको मोबाइल अफ भएको हुनसक्छ अनि तपार्इंले साथीको कम्प्युटरबाट फेसबुक चलाउनुभएको हुनसक्छ, कहिलेकहीँ यात्राको क्रममा साइबरबाट चलाउनुभएको हुनसक्छ तर यी अज्ञात कम्प्युटरबाट सुरक्षा जोखिम भोग्नुपर्ने पनि हुनसक्छ जसले तपाईंलाई समस्यामा समेत पार्न सक्छ ।
धन्य फेसबुकले कुनै पनि एउटा कम्प्युटरबाट ती सबै अपरिचित कम्प्युटरबाट लग आउट गर्ने सुविधा दिएको छ । लागिन गरिएको ती सबै कम्प्युटरहरू लागिन नगरी बाहिरबाटै अर्को कम्प्युटरमा बसी लग आऊट गर्न पाउनु साँच्चै नै राम्रो कुरा हो ।
यसो गर्न सेटिङमा जानुहोस् अनि सेक्युरिटी एण्ड लगिंग क्लिक गर्नुहोस् । त्यहाँ अहिलेसम्म जुन–जुन उपकरणबाट फेसबुक चलाउनु भएको छ सबै हेर्न सकिन्छ अब लग आउट अफ अल सेसन गर्नुहोस् ।
५. गोप्य सन्देश फोल्डर हेर्नुहोस्
फेसबुकको एउटा रहस्यमय पाटो भनेको म्यासेज रिक्वेस्ट फोल्डर हो, धेरै जसो फेसबुक प्रयोगकर्तालाई यस विषयमा पत्तो हुँदैन । हाम्रो सामान्य मेल बक्सको जंक फोल्डर जस्तै फेसबुकले धेरै नचाहिने सन्देश छान्ने काम गर्छ ।
यहाँ फेसबुकमा साथी नभएका तर आफूले चिनेका मानिसहरूको सन्देश पनि आउँछ जसले तपाईंको जवाफ कुरेर बसेको धेरै भएको हुनसक्छ त्यसैले कहिले काहीँ यसको जाँच गर्नु राम्रो हुन्छ ।
यसो गर्न आफ्नो म्यासेज मा क्लिक गर्नुहोस्, दाहिनेतिर सेटिङको जस्तो लोगो देख्नु हुनेछ त्यसमा क्लिक गर्नुहोस् म्यासेज रिक्वेष्ट देख्नुहुनेछ अब त्यसलाई क्लिक गर्नुहोस् । यहाँ सबै सन्देशहरू हुन्छन्, यदि कुनै पुरानो साथीको म्यासेज देख्नु भयो भने खुसी हुनुहुनेछ ।