सूचना–प्रविधिको बदलिँदो युगमा अचार बनाउने रेसीपीदेखि मिसाइल बनाउने फर्मुलासम्म गुगलमा सहजै प्राप्त गर्न सकिन्छ । हामीलाई चाहिएको कुरा गुगलको सर्च इन्जिनमा गएर टाइप गर्नासाथ केही सेकेन्डमै गुगलले उक्त शीर्षकसँग सम्बन्धित थुप्रै नतिजा देखाइदिन्छ र हामी सहजै पढ्न, सुन्न र हेर्न सक्छौं । धेरैको मनमा प्रश्न उठ्न सक्छ, हामीलाई यतिका सुविधा सित्तैंमा दिएर पनि गुगल कसरी धनी भएको छ ? आखिर कसरी कमाउँछ गुगलले पैसा ? के साँच्चै गुगलले नि:शुल्क सेवा प्रदान गरिरहेको छ ? बिलियन्स डलर कमाउने स्रोत के छ गुगलको ? गुगलको कमाइसँग सम्बन्धित प्रश्न र तिनको जवाफ :
आखिर गुगलको सर्च इन्जिनले कसरी पैसा कमाउँछ ?
जब हामी गुगलको सर्च इन्जिनमा केही कुरा सर्च गर्छौं तब हामी ती सर्च रिजल्टको वरिपरि विभिन्न विज्ञापन देख्न सक्छौं । (Google Ads वा Advertisment पनि भनिन्छ ।) जब हामी ती पेजमा देखाइएको Ads हरूमा क्लिक गर्छौं तब गुगलले उक्त विज्ञापन दाताहरूसँग PPC (Pay-Per-Click) पे–पर–क्लिकका आधारमा निकै मोटो रकम असुल्छ । विज्ञापनदाताहरूले आफू लोकप्रिय हुन, आफ्नो कम्पनी लोकप्रिय बनाउन तथा आफ्ना ब्रान्डको प्रदर्शनी करोडौं दर्शकमाझ एकसाथ गर्न गुगललाई विज्ञापन (ads) दिन्छन् र गुगलले पनि नि विज्ञापन वेवपेज (Webpage) हरूमा देखाइदिन्छ ।
गुगलले कसरी आफ्नो राजस्व संकलन गरिरहेको छ ?
गुगलको कुल आम्दानीको ९५ प्रतिशत रकम विज्ञापनबाट कमाइ हुन्छ । गुगल विज्ञापनबाटै धनी भैरहेको छ । गुगलको अनौठो र अपत्यारिलो कमाइ एवं ९५ प्रतिशत राजस्व संकलनको श्रेय गुगलका मुख्य दुई Advertising Platform 'Google Adsense' तथा'Google Adwords' लाई जान्छ ।
जिमेलले कसरी पैसा कमाउँछ ?
हामी सबैलाई थाहा भएकै कुरा हो, गुगलको आफ्नै मेलिङ सिस्टम भएकाले यसको नाम gmail राखिएको हो । जब हामी जिमेल लग–इन गर्छौं तब हामी हाम्रो मेलको dashboard मा विभिन्न विज्ञापन देख्छौं, ती सबै विज्ञापन-ads_ 'Adsense' / 'Adwords' कै उपज हुन् । जब प्रयोगकर्ताहरूले उक्त विज्ञापनमा click गर्छन् तब जिमेल ले ‘पे–पर–क्लिक’ -PPC_ का आधारमा पैसा कमाउँछ ।
प्रत्येक सर्चमा गुगलले कति कमाइरहेको छ ?
गुगलले प्रतिक्लिकमा बढीमा ५० डलरसम्म कमाउँछ, तर गुगल एडवर्ड्स (google adwords) मा सबैभन्दा लोकप्रिय किवर्ड ‘{ …Insurance हो, त्यसै कारणले जब प्रयोगकर्ताले यस्ता किवर्ड सर्च गर्छन् तब त्यसैसँग सम्बन्धित बिज्ञापन देखाएर गुगलले एकै क्लिकमा ५४ डलरसम्म कमाउँछ, त्यसैले …Insurance शब्दलाई ‘हाई पेइङ किवर्ड इन गुगल एडवर्ड्स’ (highpaying keyword in google adwords)पनि भनिन्छ ।
आहिलेको २१ औं शताब्दीको यो वैज्ञानिक युगमा लगभग हरेक मानिसको हातमा स्मार्टफोन छ । घर–घरमा ल्यापटप, कम्प्युटर तथा ट्याबहरू छन् र हरेक बस्ती–बस्तीमा इन्टरनेटको पहँच पुगेकाले जोकोही हरपल गुगलसँग जोडिइरहन्छन् । त्यसैले पनि गुगलको कमाइ उच्चतम बिन्दुमा पुग्न सफल भएको हो ।
Mobile Ads, Mobile Apps, Mobile Content, Mobile Devices जस्ता क्षेत्रमा गुगल सक्रिय रूपमा लागिरहेको छ । यसका साथै Youtube, Googleapps, Google cloud, Playstore, Googlemaps, Drive, Gmail तथा अन्य थुप्रै सेवामा समेत गुगलले विज्ञापनमार्फत पैसा कमाउँछ ।