युनिलिभरको उत्पादन लिरिल साबुनको ब्रान्ड अनुहार चयन गर्ने योजना अन्तर्गत संचालन हुँदै आएको ‘लिरिल फ्रेश फेश’ प्रतिस्पर्धाको सिजन फोरको प्रतिस्पर्धा रोचक हुँदै गएको छ । यो चयन प्रक्रियालाई टेलिभिजन कार्यक्रमका रुपमा श्रृङ्खलाबद्ध रुपमा प्रशारण गरिंदै आएको छ । कान्तिपुर टेलिभिजनबाट गएको नोभेम्बर १५ तारिखमा पहिलो श्रृङ्खला प्रशारण भएसंगै प्रारम्भ भएको लिरिल फ्रेश फेस सिजन फोरको गत गत साता बूधबार प्रशारित तेस्रो श्रृङ्खलासम्म आइपुग्दा टप सिक्स प्रतिस्पर्धीको निक्यौंल भएको छ ।
सयौंको संख्याको आवेदनबाट प्रिलिमिनरी अडिसन त्यसपछि दुई सय जनाको चयन । उनीहरुको फोटो पोज, भिडियो सुट तथा प्रश्न उत्तर टास्क बाट उत्कृष्ट दश चयन संगै लिरिल फ्रेस फेश सिजन फोरले गति पाएको हो । उत्कृष्ट दश भित्र हिसिला महर्जन, रेजिना खड्का, प्रशंसा मानन्धर, निकिता आचार्य, श्रेया के.सी., कोपिला पोखरेल, प्ररब्धी ज्ञवाली, समिक्षा सिंह, श्रद्धा मैनाली र पूजा प्रधान पर्न सफल भएका थिए ।
त्यसपछिका दुई श्रृङ्खलामा टास्क पर्फमेन्स पछि उत्कृष्ट दश बाट चार जना प्रतियोगितामा बाहिरिएपछि तेस्रो श्रृङ्खलाको परिणाम अनुसार हिसिला महर्जन, निकिता आचार्य, श्रेया के.सी., कोपिला पोखरेल, श्रद्धा मैनाली र पूजा प्रधान टप सिक्स भित्र रहेका छन् । सात श्रृङ्खला र आठ वटा टास्क राउन्ड संगै अन्तिम विजेता चयन हुने यो प्रक्रियालाई कान्तिपुर टेलिभिजनमा हरेक बूधबार सााझ ७.३० बजे हेर्न सकिन्छ भने पून: प्रशारण बूधबार बेलुकी ११.३० बजे, बिहीबार बिहान १०.३० बजे र शनिबार बिहान ११ बजे हेर्न सकिन्छ ।
यो विजेता चयन प्रक्रियामा फेसन कोरियोग्राफर एवं अभिनेता प्रशान्त ताम्राकार, पूर्व मिस नेपाल माल्भिका सुब्बा र ग्ल्यामर फोटोग्राफर किशोर कायस्थ निर्णायकका रुपमा रहेका छन् । कार्यक्रमको संचालन लिरिल फ्रेस फेश सिजन टू की विजेता शिक्षा संग्रौला र स्रिजल रुपाखेतीले गरिरहेका छन् । लिरिल फ्रेश फेस सिजन फोरका विजेताले लिरिलको ब्रान्ड अनुहार हुने अवसरका साथै मिडियामा पब्लिसिटी, नगद पुरस्कार रु एक लाख र नयाँ हीरो डुएट स्कुटर पुरस्कारका रुपमा प्राप्त गर्नेछन् ।