साप्ताहिक संवाददाता
म त भागी विवाहको पक्षमा छु ।
प्रभु के श्रेष्ठ
खै के लेखेको छ यो निधारमा ? आजसम्म लभ नै पर्न सकेन । बिहे त झन् टाढाको कुरा भयो । म यहीँबाट आग्रह गर्न चाहन्छु, भ्याकेन्सी खाली छ, १६ देखि १९ सम्मकी युवती सम्पर्कमा आउनुहोला । यसपालि बिहे गर्ने सोच छ ।
दीपक बस्नेत
आफूलाई त यो कुरा सधैँको बोझ लाग्छ ।
विनोद श्रेष्ठ
जसले जे भने नि, जुन तरिकाले बिहे गरे नि कुरा एउटै हो । सम्बन्धमा माया र विश्वास हुनुपर्छ, मागी गरे नि भागी गरे नि ।
गोविन्द धिमाल
च्वाँकसँग लभ गरेर विदेश जाने, आउँदा उसको विवाह भैसकेको हुन्छ । आफू पनि हल्का बूढो भइन्छ अनि अरूको केटी साथीसँग मागी विवाह गर्ने ।
निराश प्रदीप सिंह
म मागी विवाहको पक्षमा छु । किनभने प्रेम विवाहको सम्बन्धभन्दा मागी विवाहको सम्बन्ध मजबुत र समस्यारहित हुन्छ ।
दीपक
म त पहिले प्रेम गर्ने अनि माग्न जाने सोचमा छु । पहिले लभ त्यसपछि एरेन्ज म्यारिज ।
सुमन अधिकारी पुष्प
म त भागी विवाहको पक्षमा छु । भागेर बिहे गर्यो, दुनियाँ जिल खान्छन् । मागेर गर्यो, दुनियाँलाई भोज, जन्तीलाई मोज हुन्छ । आफूलाई चाहिँ सधैंको बोझ ।
उज्ज्वल पन्त
बाजा बजाएर, दस दुनियाँ बोलाएर मागी विवाह गरे पनि आजकाल राम्रो भएको पाइएको छैन । त्यसैले भागी विवाह उत्तम हुन्छ । किनभने भागी विवाहमा एक–अर्काको आनीबानी थाहा भैसकेको हुन्छ अनि एक–र्काको मन पनि बुझिसकिएको हुन्छ ।
प्रकृतिप्रेमी प्रथम
म मागी विवाहको पक्षमा छु । मागी विवाहमा सम्बन्ध सुमधुर हुन्छ । प्रेम विवाहमा परिवारिक साथ र सम्बन्ध खासै राम्रो हँुदैन । सानो कुरामा पनि सम्बन्ध टुट्ने खतरा हुन्छ
प्रकाश घिमिरे
प्रेमपछिको विवाहभन्दा विवाहपछिको प्रेमले जीवनलाई थप मजबुत बनाउँछ । त्यसैले मलाई मागी विवाह नै श्रेष्ठ लाग्छ ।
अधिकारी पवन
पहिले सुमधुर प्रेम होस्, सम्बन्ध आत्मीय बनोस् । तब विवाह गर्दा जीवन सुखी हुन्छ भन्ने चाहिँ लाग्या हो, तर क्यार्ने ? पहिलो अप्सन नै पूरा हुन नसकेर तनाव छ हजुर ।
रमेश पौडेल
म प्रेम विवाहको पक्षमा छु । किनभने प्रेम विवाहमा एक–अर्काका बारेमा राम्रोसँग बुझ्ने मौका पाइन्छ ।
समर्पण सन्देश
म प्रेम विवाहको पक्षमा, प्रेम हरेक सम्बन्धको पहिलो आधार हो ।
रिना कर्की
म मागी विवाहको पक्षमा छु ।
छत्र लकाइ खड्का
प्रेमपछि मागेर विवाह गर्नु ठीक होला ।
मगर मास्की मिन
म त भागी विवाहको पक्षमा है । माग्नेहरूले मात्र मागी विवाह गर्छन् ।
मनोज तुम्बापो लिम्बू
प्रेम विवाह राम्रो हुन्छ ।
एचबी जिसी, योगेन्द्रप्रसाद अधिकारी
प्रेमलाई नै मागी विवाहमा परिणत गर्न चाहन्छु ।
नारद राइ
प्रेम विवाह, किनभने प्रेमिकाको सबै बानीबेहोरा थाहा हुन्छ ।
डिल्ली पाण्डे
दुवै ।
प्रवीण डंगोल
मागी विवाह जसमा प्रेम पनि होस् ।
रोशन आले मगर
मन पर्ने त मागी विवाह हो, तर निधारमा के लेखेको छ त्यही भोग्नुपर्ने होला ।
कृष्ण खत्री
मेरो विचारमा नि:स्वार्थ र इमान्दारिताका साथ प्रेम गरी विवाह गर्नु नै अति उत्तम हुन्छ ।
अगम श्रेष्ठ
मागी विवाह ।
शंकर पौडेल
म मागी विवाहको पक्षमा छु । किनभने प्रेम त गरेको भा’ पो ।
सन्जीव न्यौपाने
शतप्रतिशत प्रेमविवाह ।
उमेश केसी
पहिले प्रेम त्यसपछि मागी विवाह गर्नु उपयुक्त हुन्छ ।
समीर
मागी विवाह ।
कर्ण खुस्बु
विवाह नै नगर्ने ।
हरिश भट्टराई
जुन भए पनि प्रेमचाहिँ पहिले हुनुपर्छ ।
म्याक गुरुङ
जुन बिहे गरे पनि किचकिच सहनैपर्छ क्यारे †
धोङ च्याङ्बा
भोट हो र माग्नलाई ?
सुधीर पाठक