मंसिर २१, २०७४
पहिला राजा–महाराजाले आफ्ना प्रेमिकाका लागि महल, दरबार बनाउँथे । अहिले अमेरिकाका एक व्यक्तिले आफ्नी प्रेमिकाका लागि मोटर रेस कोर्स बनाइदिएका छन् । अमेरिकाका व्यापारी एवं सेमी प्रोफेसनल रेसर एलन विल्जिगले आफ्नो घर पछाडि रहेको निजी जमिनमा प्रेमिकाका लागि फर्मुला वानको जस्तै रेस ट्रयाक निर्माण गरेका हुन् ।
५२ वर्षीय एलनले २३ वर्षीया प्रेमिका क्लेमेन्स लापेरीका लागि करिब २ किलोमिटर लामो रेस कोर्स करिब ३२ करोड रुपैयाँ खर्च गरेर बनाएका हुन् । यो रेसको छेउमै उनले मोटो म्युजियम पनि स्थापना गरेका छन् । महँगा स्पोर्ट्स मोटरहरू राखेर बनाइएको उक्त म्युजियमको लागत करिब ५३ करोड रुपैयाँ रहेको बताइन्छ ।