साप्ताहिक संवाददाता
मंसिर २२, २०७४
झन्डै एक वर्षअघि कलाकारहरूको एक समूह चितवनको देवनगर हवेलीस्थित लेक ट्वेन्टी थाउजेन्ड फ्राम रिट्रिट रिसोर्टमा आयोजित कार्यशालामा सहभागी भएका थिए ।
ती कलाकारले त्यतिबेला सिर्जना गरेका चित्रहरूको सामूहिक प्रदर्शनी ‘नेचर अनवार्पिङ’ बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सञ्चालन भैरहेको छ ।
देभिना आर्टस्द्वारा आयोजित यो प्रदर्शनीमा अर्पिता शाक्य, विजय कोइराला, विजय महर्जन, इशावेल मालोटाक्स, नवाङछिरी शेर्पा, निरज चित्रकार, पल्पसा मानन्धर, प्रवीण श्रेष्ठ, राजन पन्त, सरोज बज्राचार्य, सुनिलबाबु कार्की तथा युआर रिमालका चित्रहरू राखिएका छन् ।