साप्ताहिक संवाददाता
अपराधीहरू कुनै पनि हालतमा उम्किन पाउनु हुँदैन (फ्रन्टपेज : ३ मोस्ट वान्टेडका कथा) । कसैको दबाबले अपराधी उम्किन नपाऊन् । गलत नजिर बस्नु भएन ।
अर्जुन पालिखे
जनताको अपेक्षाको चाङ धेरै लामो छ (यात्रा सन्दर्भ : चुनावबाट जनताका अपेक्षा) तर चाँडै पूरा होला भन्ने आशा चाहिँ छैन ।
सुरेश दाहाल
स्वास्थ्यसम्बन्धी जनचेतना जगाउनु एकदमै आवश्यक देखिन्छ (अन्तर्वार्ता : हाम्रो श्वास फेर्ने अधिकार सुरक्षित हुनुपर्छ) । ह्दयाघात भएर ज्यान जाने नेपालीहरूको संख्या बढिरहेको छ ।
दिपेश नेपाल
सकारात्मक कामका लागि सामाजिक सञ्जाल चलाउनु नराम्रो होइन (बहस : युवाहरूमा सामाजिक सञ्जाल मोह) । सामाजिक सञ्जाल चलाउँदैमा मानिस बिग्रिने होइन । कसरी चलाउने भन्ने मात्र हो ।
वीरेन्द्र थापा
उकुशा गिरीलाई अग्रिम बधाई छ (मिस एसियामा उकुशा) । यो एवार्डले उनमा थप आत्मविश्वास भर्नेछ ।
पुनम अवाले
यसरी विदेशीहरूले नेपाली पहिरन लगाउने हो भने राम्रो सन्देश जान्छ (मेइर स्विसाको ढाकाटोपी) । विदेशमा पनि नेपालको प्रचार–प्रसार हुन्छ ।
भीम दुलाल
फुट्नुभन्दा त जुटेकै राम्रो (गजुरियल विश्लेषण : गठबन्धनबाट सिक्ने कुरा) तर निश्चित स्वार्थका लागि मात्र मिल्नु उचित होइन । राष्ट्रिय स्वार्थका लागि सबै नेपाली मिल्नु राम्रो हो ।
दिवाकर सिलवाल
कप्तान सुनिल क्षेत्रीलाई बधाई (सुनिल क्षेत्रीको फूलमाला) । फुटबलमा अझ चम्किँदै जानुहोस्— शुभकामना ।
सुरज बस्नेत
छालाका लागि दिइएको टिप्स उपयोगी लागे (स्वस्थ र सुन्दर छाला) । अन्य अंकमा पनि यस्तै टिप्स पढ्न पाइयोस् ।
शरद सिंजापति
कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि प्रवेश नि:शुल्क गरिएको कुरा पढेर खुसी लाग्यो (अनौठो एभियसन म्युजियम) । यो कदमबाट धेरै विद्यार्थीहरू लाभान्वित हुनेछन् ।
बीबी विष्ट
यस्ता कार्यक्रमबाट हौसला मिल्छ (पहिलो विश्व : र्याम्पमा एसिड आक्रमण पीडित) । नेपालमा पनि यस्ता कार्यक्रम हुनु जरुरी छ ।
एमपी आचार्य
जो भए पनि देशको विकासमा समर्पित हुने व्यक्ति चाहियो (को होला प्रदेश नम्बर ४ को मुख्यमन्त्री) । निजी स्वार्थ, पार्टी र गुटमा रमाउने नेताले देशको विकास गर्दैन ।
लक्ष्मण गुरुङ
काम गर्ने, जनताको सेवा गर्ने नेता जहिल्यै पनि जनताको मनमा हुन्छन् । जनतासँग दूरी बढायो भने फेरि अर्को चुनावमा मुख देखाउने ठाउँसम्म रहँदैन ।
निरु
ऋचालाई अनावश्यक रूपमा यो विवादमा मुछियो (गेट वेल सुन) । उनले नबोलेको कुरालाई लिएर दुष्प्रचार गरियो । कुरै नबुझी हल्लाका भरमा पछि लाग्दा यस्तो परिणाम आयो ।
राज पाण्डे
पारिश्रमिक त बढेकै राम्रो हो (चर्चा पारिश्रमिकको) । नेपाली कलाकारहरूको स्तरोन्नति भएकै राम्रो हो । नेपाली चलचित्रको बजार बिस्तारै सुध्रिँदै गएको संकेत हो यो ।
सूर्य थापा
मलाई मन पर्ने दुवै कलाकारका बारेमा पढ्न पाइयो (ब्याक बाइट बेनिशा हमालबाट सौगात मल्ल) । सौगात र बेनिशाको अभिनय प्रशंसनीय छ ।
नरेश बोहोरा