दश बर्षअघि हङ्कङबाटै प्रिमियर गरिएको लिम्बु जातीको भाषा, संस्कृतिमा आधारित चलचित्र चेसुङ्को ग्राण्ड प्रर्दशन हुने भएको छ । आयोजक किरात याक्थुङ चुम्लुङ हङ्कङ साँस्कृतिक बिभागले एक कार्यक्रमको आयोजना गर्दै फिल्म पुरानो भएपनि यसले उठाएको बिषय र ऐतिहासिकता सदैब महत्वको रहेको बताए । सामुदायीक भाषिक चलचित्रमा विगत एक दशकदेखि अनवरत क्रियाशिल मौसम ईम्बुङ लिम्बुको लेखन तथा निर्देशनमा निर्मित चलचित्र चेसुङ यहि २४ डिसेम्बर २०१७ का दिन याउमा तेई स्थित कम्युनिटी हलमा प्रर्दशन हुनेछ ।
हङ्कङमा बसोबास गर्ने लिम्बु समुदायका दोश्रो पुस्ताको लागि चेसुङ एउटा कोष हो जसले पुरातन संस्कृत र परम्परालाई बोकेको छ, निर्देशक मौसम भन्छन् – “२७ लाख भन्दा बढिको लगानी, बर्षौको मेहनत, खोज र अनुसन्धानको प्रतिफलले बनेको छ ‘चेसुङ’ ।
पूर्वी नेपालमा परापूर्व कालदेखि नै लिम्बु समुदायको बसोबास रहेको छ उनीहरुको आफ्नै संस्कार, संस्कृति, भाषा र भेषभुषाको ईतिहास छ । ‘मानव उत्पतिकालमा फिरन्ते युगबाटै लिम्बु जातीहरुले पूर्वी नेपालको विभिन्न ठाउँमा ढाल फाँड गरि कृषि युग शुरु गरेको, तर कालान्तरमा त्यो भोग चलन गरेको जमिन (किपट) लाई चेसुङ (कोशेली) दिदै, विभिन्न प्रलोभनमा पारेर अरु समुदायले लगेको हो ।’
यहि बिषयलाई चलचित्र ‘चेसुङ’मा उठाईएको छ । पुरातन संस्कृतलाई जस्ताको तस्तै देखाउँनका लागि आफूले कुनै कसुर बाँकी नराखेको निर्देशक मौसम बताउँछन् ।
भिष्मा चेम्जोङ्को कथा रहेको चलचित्रलाई किसोर सम्बाहाङ्फे र भिम आङबुङ्ले निर्माण गरेका हुन् ।
नेपाल आदिबासी चलचित्र महोत्सवमा उत्कृष्ट चलचित्र घोषित भईसकेको चेसुङले विभिन्न अवार्ड, सम्मान र क्रिटिक्सको राम्रो फिडब्याक समेत पाईसकेको छ ।