साप्ताहिक संवाददाता
मंसिर २४, २०७४
हर्वड विश्वविद्यालयको पुस्तकालयमा अवस्थित मानव शास्त्रसम्बन्धी एउटा पुस्तकको कभर मानिसको छालाद्वारा बनाइएको हो । १७ औं शताब्दीमा तयार पारिएको उक्त ७ सय ९४ पृष्ठको प्राक्टिकारम क्वेसनम सिरका लेगस रेगियास शीर्षकको पुस्तकमा चिकित्सा विज्ञानसम्बन्धी तथ्यहरू संकलन गरिएको छ ।
४ अगस्त १६३२ मा अफ्रिकी महादेशको कुनै एक देशका तत्कालीन शासक म्वेशाले उक्त पुस्तकलाई सुरक्षित राख्ने जिम्मेवारी पुस्तकका लेखकलाई नै दिएका थिए ।
ती पुस्तकका लेखक (नाम नखुलाइएको)ले आफ्ना मित्र जोनास राइटको अचानक निधन भएपछि उनकै छाला प्रयोग गरेर उक्त पुस्तक वाइन्डिङ गरेका थिए । उक्त पुस्तक अझै सुरक्षित छ ।