साप्ताहिक संवाददाता
मंसिर २४, २०७४
जाडो मौसममा बिहान हिँडडुल गर्दा न्याना पहिरन तथा टोपी लगाउनुपर्छ ।
बिहान केही समय व्यायाम गर्नुपर्छ ।
यो मौसममा न्यानोका लागि झ्याल–ढोका बन्द गरेर आगो ताप्नु हुँदैन ।
फ्रिजबाट झिकिएको चिसा खानेकुरा खानु हुँदैन ।
तातो सुप तथा झोल पदार्थको सेवन बढी गर्नुपर्छ ।
यतिबेला घाममा बसेर सुन्तला खान सकिन्छ ।