साप्ताहिक संवाददाता
वैवाहिक जीवनको दोस्रो बसन्त पनि राम्रोसँग पार नगर्दै अभिनेत्री रिमा विश्वकर्माको वैवाहिक जीवनमा पूर्ण विरमा लागेको छ । केहि समयको प्रेम पश्चात प्रेमी रोबर्ट बीकसँग भब्यताका साथ विवाह गरेकी रिमाले केहि साता अघि पारपाचुके गरेकी हुन् । उनीसँगको सम्बन्धमा विराम लगाएसँगै उनका प्रेमीले अर्की मोडल बर्षा रसाइलीसँग सहयात्राको पारम्भ गरिसकेका छन् । रिमासँगको पारपाचुके लगत्तै उनले गत सातानै वर्षासँग फूलमाला गरेका हुन् । उनीहरुको विवाहको दिन भने वाहिरिएको छैन् ।
२ वर्ष अघि एक–आपसमा गासिएका रिमा र रोवर्टको सम्बन्धमा के कारणले चिसो पैदा भयो उक्त कुरा भने सार्वजनिक भएको छैन् । तर, रिमाले भित्री रुपमा केहि महिना अघिबाटै डिभोर्सको तयारी गरेको बताईन्छ । रिमासँगको वैवाहिक जीवनलाई टुङ्ग्याउनु बेलायतबाट नेपाल आएका रोवर्टले भने शुक्रबार वर्षासँ इन्गेजमेन्ट गरेर शनिबार बिहानै बेलायत उडेका छन् ।