मंसिर २४, २०७४
हङ्कङको शुन्दर मनोरम टापु तुङ्लुङ चाउमा ‘एक्लोपन महशुस गर्दैछु तिमीबिना’ भन्दै अभिनय गरिन नायिका केकी अधिकारीले । गायक स्वरुपराज आर्चाय र गायिका प्रविशा अधिकारीको युगल गीतमा अभिनय गर्नका लागि केकी हङ्कङ पुगेकी थिईन ।
भिडियोमा केकीलाई ओमप्रकाश राई र विकाश लिम्बुले साथ दिएका छन् । गुरुङ् चलचित्र निर्माण र निर्देशनमा आफुलाई अब्बल सावित गरिसकेका सुवास गुरुङ् निर्देशित भिडियोमा चर्चित गीतकार भद्रकला आङ्बुहाङ राईको शब्द रहेको छ ।
महङो बजेटमा निर्माण भईरहेको भनिएको भिडियोको छायाङ्कन बिक्रम गुरुङ्ले गरेका छन् ।