साप्ताहिक संवाददाता
मंसिर २५, २०७४
चलचित्र विकास बोर्डले अध्यक्ष निकिता पौडेल नियुक्त भएकी छिन् । लामो समयदेखि अध्यक्ष बिहिन बनेको चलचित्र विकास बोर्डले आजबाट अध्यक्ष पाएको हो । आज बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई बोर्डको अध्यक्षमा नियुक्ति गरेको गरेको हो ।
टिभी फिल्मी, गोपीकृष्ण मुभिज, र नेपाल चलचित्र विकाश कम्पनीको समेत अध्यक्ष रहेकी निकिता बोर्डमा पहिलो महिला अध्यक्ष बनेकी हुन् । जेठ २४ गते निवर्तमान अध्यक्ष राजकुमार राईको कार्यकाल सकिएपछि बोर्ड अध्यक्ष बिहिन बनेको थियो ।
त्यसयता नयाँ अध्यक्ष नियुत्त नभएसम्म कामचलाउ अध्यक्षमा चलचित्र जाँचपास समितिका अध्यक्ष तथा सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई नियुक्ति गरेको थियो ।