साप्ताहिक संवाददाता
मंसिर २६, २०७४
एउटी स्थापित अभिनेत्रीले हास्य अभिनेताहरूलाई जोकर भनेर व्यंग्य गरेको एक सातापछि नै हास्य कलाकार बुद्धि तामाङले अभिनेताका रूपमा अभिनय गर्न थालेको जानकारी सार्वजनिक भएको छ ।
निर्देशक सूर्य बोहोराले अघिल्लो साता मुस्ताङमा छायांकन प्रारम्भ गरेको चलचित्र भैरेमा हैट उपनामले चिनिने बुद्धि पहिलो पटक मुख्य अभिनेताको भूमिकामा प्रस्तुत भएका हुन् ।
चलचित्रमा बुद्धि रोमान्टिक प्रेमीको चरित्र निर्वाह गर्दैछन् । हास्य श्रृंखला मेरी बास्सैमार्फत हैटको उपनाम पाएका बुद्धिले चलचित्रमा अभिनेत्री वर्षा शिवाकोटीसँग अनस्क्रिन रोमान्स गर्ने बताइन्छ ।
नायिका शिवाकोटीले बुद्धिसँगको आफ्नो तस्बिर फेसबुकमार्फत सार्वजनिक गरेपछि यो कुरा
बाहिर आएको हो ।