साप्ताहिक संवाददाता
झोलाभरि सुन्तला साथमा राखी घाममा बसेर परिवार, साथीभाइसँग गफ गर्दै खानुको बेग्लै मज्जा हुन्छ ।
नेत्र भण्डारी
जाडो मौसमको मज्जा नै बेग्लै हुन्छ । तातो घाममा बसेर बदाम अनि सुन्तला खानुको मज्जा अलग छ भने साथीहरूसँग घुम्न पनि उत्तिकै रमाइलो हुन्छ ।
युरिकराज नेपाली
के मज्जा भन्नु ? न जाडोको अनुभव गर्न पाइन्छ न गर्मीको । जाडोमा नि आफ्नो ज्यानले धान्न सक्नेभन्दा बाक्लो कपडा लायो, काम गर्दागर्दै गर्मी हुन्छ अनि खोलेर फाल्यो । फेरि लायो यस्तै छ विदेशमा । मज्जा त कुनै पनि मौसममा हुँदैन ।
दिपेनजी हमाल
खुल्ला चौर, पारिलो घाम अनि सुन्तला र बदामको साथमा मन मिल्ने साथीसँग मनका कुरा साट्दै दिन काट्नुभन्दा मज्जा के होला जीवनमा ?
मदन रिजाल
अँध्यारो रात, बीचमा आगो, अनि तीन पानी तुनुक्क पार्नुको मज्जै बेग्लै ।
समर
रत्नपार्कमा फ्री वाईफाई चलाउँदै मायालुसँग बसेर बदाम र सुन्तला खानुको मज्जा अलग हुन्छ ।
नवराज ढुंगाना
अरु कुरा त त्यस्तै हो, नुहाउन बाहेक सबथोकमा मज्जा छ ।
कान्छा पौडेल
खुकुरी रमको साथ खसीको सेकुवा बजाउनुमा जति मज्जा अन्त कहाँ पाइन्छ र ?
दीपक बस्नेत
जाडो नै एक किसिमको मज्जा हो ।
सुदीप मोक्तान
राँगाको सितनसँग बियर पिउनुमा ।
केशव पौडेल
नुहाउनुमा ।
अनिमेश किरात
मज्जाले नुहाएर ढाड सेकुन्जेल घाममा बस्नुको छुट्टै मज्जा छ ।
अल्पाइन राणा
क्याम्पसको चौरमा साथीहरूसँग बसेर सुन्तला र बदाम खाँदै फ्रोफेसरहरूलाई जिस्काउँदा मज्जा आउँछ ।
पुरन श्रीष
एक महिनासम्म जिउमा पानी नपर्दा त्यसै मज्जा हुन्छ नि †
एकेन्द्र
सिरक ओढेर घुप्लुक्क सुत्नमा ।
सुमन अधिकारी पुष्प
लामखुट्टेको टोकाइबाट जोगिनुमा ।
अर्जुन थापा मगर
तीनपानेमा ।
शोभन योगी
बिहानै उठेर काममा जानुमा ।
सन्दीप पुन
खसीको सुप पिउनुमा जति आनन्द अरूमा के छ र ?
केशवबाबु अधिकारी
आगो ताप्नुमा छ ।
मनोज आचार्य
जाडो मौसमको मज्जा मीठो चियामा छ ।
मनिष श्रेष्ठ
चिसो पानीमा झ्याम–झ्याम नुहाउँदा पनि मज्जा हुन्छ ।
प्रेम तामाङ
तात्तातो खिर खानुमा छुट्टै मज्जा छ ।
सुवु सोङ्ना
साथीहरूसँग घाममा बसेर गफ गर्नुमा ।
सन्तोष सुबेदी
घाम ताप्नुमा ।
अंकित
तातो पानीमा नुहाउन र तात्तो भक्का खानमा ।
रबिन
पिकनिकमा केटीहरूसँग जिस्कँदै दारु खानुमा ।
समिर केसी
रुइ र फुइमध्ये कुनै एकमा ।
गजेन संगती
बदाम र सुन्तलामा ।
प्रेम घिमिरे
आफूलाई मन परेको मान्छेको अँगालोमा बाँधिनुमा ।
सागर भण्डारी
आगो ताप्नुमा छ ।
मनोज आचार्य
चिसो पानीले नुहाउनुमा छ हजुर ।
ईश्वर पोखरेल
गाउँघरका बुहारीहरूलाई मज्जा हुन्छ । चाँडै रात पर्दा काम पनि कम होला ।
रोज गुरुङ
१० बजेसम्म सुत्न पाए त्यसमै छ मज्जा ।
अरुण तिमिल्सिना
घाममा बसेर अमिलो र गुलियो फलफूल खानुमा मज्जै–मज्जा छ ।
कैलाश भुजेल
चोक बसेर साथीभाइहरूसँग चिया खाँदै गफिनुमा बेग्लै मज्जा हुन्छ ।
करन योञ्जन