साप्ताहिक संवाददाता
यौन मनोविज्ञानमा आधारित चलचित्र ‘मिस्टर भर्जिन’ बन्ने भएको छ । ‘मिस्टर भर्जिन’मा गौरब पहारी, बिजय बराल र कमलमणि नेपालले चलचित्रको केन्द्रिय भूमिका निर्वाह गर्ने छन् । वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा बन्नलागेको यो चलचित्रलाई डेब्यू निर्देशक विशारद बस्नेतले निर्देशन गर्ने छन् ।
चलचित्रमा गौरब, बिजय र कमलमणिकालाई भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारले साथ दिने छन् । चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी रहने छ ।
चलचित्रमा खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको सयुक्त लगानी रहेको छ भने सह निर्माताका रुपमा सन्दिप उप्रेती र मनिष खत्री रहेका छन् । मङ्सिर २९ गतेबाट यो चलचित्र छायांकनमा जाने बताईएको छ ।