पुस १ गते : पौष संक्रान्ति
पुस ३ गते : विश्व आप्रवासन दिवस
पुस ४ गते : तोल ल्होसार
पुस ६ गते : सर्वाधिक छोटो दिन ।
मेष
मन पराउनेहरूबाट आएका प्रस्ताव स्वीकार गर्दा दुवैको कल्याण हुनेछ । तपाईंलाई प्रयोग गर्नेहरू भित्रभित्रै षड्यन्त्र गरिरहेका छन् । यात्राको समय तालिकमा फेरबदल हुँदा स्वास्थ्य बाधाले सताउन सक्छ । अवरोध निर्मूल पार्न अभिभावकको भूमिका प्रेरणादायक हुनेछ । रातिको यात्रा गर्दा सावधानी अपनाउनुहोला ।
वृष
सहयोगीहरूको प्रस्ताव स्वीकार गर्दा फलिफाप नै हुनेछ । अभिभावकको सुझाव मुताविक कार्य गर्दा मनोवाञ्छित परिणाम प्राप्त गर्न सहज हुनेछ । विदेशी मित्रहरूसँगको भेटघाटमा नयाँ कार्य योजना बन्ने सम्भावना छ । मनोरञ्जनमा सहभागी हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला । सवारी साधन चलाउँदा सावधानी अपनाउनुपर्ने समय छ ।
मिथुन
देखासिकी गर्नेहरू भित्रभित्रै डाह गर्न थाल्नेछन् । सोचविचार नगरी आर्थिक सहयोग गर्ने वचन दिँदा परिस्थिति प्रतिकूल हुन सक्छ । हरियो रंग प्रयोग गर्न सके चुनौती सामना गर्न सहज हुनेछ । नयाँ कार्य क्षेत्र पहिचान गरे सफलता हात पर्नेछ ।
कर्कट
साथीको सुझाव अनुसरण गर्दा गतिलो अवसर हात लाग्ने सम्भावना छ । अनपेक्ष्ँित विषयले फजुल खर्च गराउनेछ । विपरीतलिंगी साथीलाई वचन दिँदा संयम अपनाउनुहोला । नौलो स्थानको भ्रमणमा प्रशस्त मनोरञ्जन गर्न पाइनेछ । स्वास्थ्यको विशेष ख्याल राख्नुहोला ।
सिंह
नयाँ अवसरसँगै सवारी साधन खरिदगर्ने सम्भावना टरेको छैन । स्वार्थी मित्रहरूले घेरा हाल्न सक्छन्, सकेसम्म उनीहरूबाट टाढै रहनुहोला । मन अरूलाई सहयोग गर्न लालायित हुनेछ । साताको अन्त्यमा मनग्य धन खर्च गर्नुपर्नेछ । सामाजिक कार्यमा सहभागिताको अवसर जुर्नेछ । प्रतियोगितात्मक क्रियाकलापमा भाग लिने अवसर जुट्नेछ ।
कन्या
राज्यस्तरका महत्वपूर्ण जिम्मेवारी हात लाग्दा थप चुनौती सामना गर्नुपर्नेछ । स्थान परिवर्तनको योगसमेत छ । गरिआएका पुराना कामबाटै विशेष फाइदा मिल्नेछ । विदेश जाने मामिलामा अभिभावकहरूको रुचिको ख्याल गर्नुहोला । स्वास्थ्य एवं समयप्रति विशेष ध्यान पुर्याउनुहोला ।
तुला
कम बोलेर नै गहकिलो कार्य सम्पन्न गर्दै सार्थक परिणम हात पार्न सकिनेछ । सुमधुर पारिवारिक वातावरणले नयाँ कार्य थालनी गर्न ऊर्जा प्रदान गर्नेछ । मान प्रतिष्ठा वृद्धि हुनेछ भने नयाँ सवारी साधनप्रति मन आकर्षित हुनेछ । कार्य व्यस्ततामा वृद्धि भै मानसिक तनाव बढ्न सक्छ, भ्रमण तथा योगाभ्यासमा जोड दिनुहोला ।
वृश्चिक
पारिवारिक भेटघाटका कारण दिनहरू रमाइलोसँग बित्नेछन् । कार्यक्षेत्रमा बोझिलो कार्यभार आइलाग्न सक्छ । पैत्रिक धन खर्च गरी सवारी साधन खरीद गर्न आकर्षित भइनेछ । योजनाभन्दा बढी खर्च हुँदा सहकर्मीबीच विवाद सिर्जना हुन सक्छ । घरायसी काममा समेत रुचि घट्नेछ ।
धनु
सहपाठीहरूको सुझावअनुरूप अघि बढ्नुहोला । आफूसँग भएको क्षमता प्रर्दशन गर्ने क्रममा मन मिल्ने साथीको मार्गदर्शन अवलम्बन गर्नु उपयुक्त हुन्छ । अभिभावकहरूले व्यवहारिक जिम्मेवारी दिलाउनेछन् । ठूला खालका आर्थिक कारोबार नगर्दा नै सुरक्षित भइनेछ । प्रतिष्ठित व्यक्तिको सहयोग प्राप्त भै झिनामसिना समस्याको गाँठो फुक्नेछ ।
मकर
गल्ती सच्याउनाले सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिकाको अवसर पुन: प्राप्त हुनसक्छ । टाढिएका साथीभाइ नजिकिनेछन् । नयाँ अवसरका लागि शक्तिशाली व्यक्तिसँग प्रतिस्प्रर्धा हुन सक्छ । लक्ष्य प्राप्त गर्न थप मेहनतको जरुरी छ । साताको अन्त्यमा स्वास्थ्यमा विशेष ध्यान पुऱ्याउनुहोला ।
कुम्भ
प्रेमिकाको समर्थनमा सञ्चालित व्यवसायले उचाइ लिँदै थप मुनाफा आर्जन गर्न केही समय कुर्नुपर्नेछ । सामाजिक संघसंस्थामा सेवा गर्दा सके सम्म कम बोल्नुहोला । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ । बाहिरी खानेकुरा खाँदा सावधानी अपनाउनुहोला । साताको अन्त्यमा अभिभावकको प्रेरणा तथा हौसलाले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ ।
मीन
कार्यव्यस्ततामा रुमल्लिँदा प्रेमिका चिढिन सक्छिन् । रोजगारीका नयाँ अवसर हात पार्न थप मेहनत गर्नुपर्नेछ । विपक्षीको छलकपट एवं जालझेलप्रति सावधानी अपनाउनुपर्नेछ । व्यवसाय सञ्चालनमा यथाकदा अवरोध तथा कठिनाइ महसुस हुन सक्छ । सप्ताहन्तमा भोजभतेरमा सहभागिता जनाउन पाइनेछ ।