साप्ताहिक संवाददाता
निर्देशक : तोशिआकी
संगीत : ताकाफुमी होशाई
कलाकार : गणेश लामा, शीतल श्रेष्ठ, युची हायाता, रिब्बन मिजुतानी, बबी लिम्बु, चैत्य देवी आदि ।
भूकम्पलगत्तै आपत्कालीन उद्धारका लागि जापान सरकारका तर्फबाट जेडीआर (जापान डिजास्टर रेस्क्यु) टोली नेपाल आएको थियो । टोलीले काठमाडौं उपत्यकादेखि विकट सिन्धुपाल्चोकसम्म पुगेर उद्धार कार्य सञ्चालन गर्यो । यही टोलीको उद्धार एवं राहत कार्यमा प्रेमकथा मिसाएर जापानी फिल्मकर्मी डा. तोशिआकी इतोहले एक वर्षअघि चलचित्रको निर्माण प्रारम्भ गरेका थिए, ‘माई लभ : अ प्रमिस इन काठमाडौं’ । त्यही चलचित्र आज शुक्रबार नेपालमा सार्वजनिक हुँदैछ ।
चलचित्र ‘माई लभ : अ प्रमिस इन काठमाडौं’ नेपाल–जापान दुवै देशमा छायांकन गरिएको र दुवै देशका कलाकारहरूले अभिनय गरेको चलचित्र हो । चलचित्र ‘माई लभ : अ प्रमिस इन काठमाडौं’ मा सम्पदा जोगाउने अभियानमा लाग्दा लाग्दै जापान पलायन भएका रमेशको प्रेमकथा समेटिएको छ ।
जापानका निर्देशक तोशिआकीले यसअघि साहित्यकार पारिजातको चर्चित उपन्यास शिरीषको फूलमाथि चलचित्र निर्देशक गरेका थिए । तोशिआकीको निर्देशनको यो दोस्रो नेपाली चलचित्र हो । गौरीशंकर धुजुले खिचेको चलचित्र ‘माई लभ : अ प्रमिस इन काठमाडौं’मा नेपाल तथा जापानको सांस्कृतिक समानता पनि समेटिएको छ ।