साप्ताहिक संवाददाता
पछिल्लो समय चलचित्र चलाउँनका लागि विभिन्न फण्डाहरु अपनाउँने गरेका छन् कलाकारले । चलचित्र प्रचारका लागि कलाकार तथा निर्माता निर्देशक निक्कै आक्रामक हुँदै गैरहेका बेला चलचित्र चाहिँ त्यति अपेक्षाकृत हुन नसकेको दर्शकहरुको गुनासो पनि बढ्दो छ । चलचित्र प्रचारकै लागि चलचित्रकर्मीहरुले कतिसम्म गर्छन भन्ने पछिल्लो उदाहरण हो चलचित्र ‘रोमियो र मुना’ कार्यक्रम ।
चलचित्रको गीत सार्वजनिक कार्यक्रममा २ युवतीलाई ‘बिकिनी’मा निकालियो । चलचित्रका अभिनेता विनय श्रेष्ठका साथमा २ युवतीलाई ‘बिकिनी’मा उतारिएको हो । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीत रिलिज गरेको चलचित्र युनिटको बिकिनीमा युवती प्रदर्शनलाई भने धेरैले भल्गर भनेर प्रतिकृया समेत दिएका छन् ।
सार्बजनिक ‘स्याण्डविच सङ्ग’मा पनि विनय हट अबतारमा प्रस्तुत भएका छन् । नरेशकुमार केसीले निर्देशन गरेको चलचित्रमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहेका छन् भने प्रज्वल सुजल गिरी लिडमा साथ दिएका छन् ।
चलचित्र ‘रोमियो र मुना’को गीत :