साप्ताहिक संवाददाता
पुस १, २०७४
झमेल अर्थात् झम्सिखेलको पुरानो रेस्टुराँ तथा लाउन्ज मोक्षले आफ्नो १५औं वार्षिकोत्सव मनाउने भएको छ । उक्त अवसरमा आज शनिबार मोक्षमा खानपिन तथा संगीतको विशेष कार्यक्रम संचालन हुँदैछ ।
जसमा लाखे नाच, धिमे संगीत, लिन्डी हप, प्रसन्न शाह, डिसेनेन्स, जिकल्याक, द मिडनाइट राइडर्सजस्ता ब्यान्डहरूको प्रस्तुतिका साथै थाई, बर्मिज, इटालियन, चाइनिज, भारतीय तथा नेपाली परिकारहरूको फुडस्टल एवं विशेष आकर्षणमा वाइन तथा केकहरू चाख्न पाइनेछ ।
मिति : पुस १ गते, शनिबार
स्थान : मोक्ष, झम्सिखेल
समय : दिउँसो २ बजे