साप्ताहिक संवाददाता
ढिलो–चाँडो आफूले गरेका कर्मको परिणाम भोग्नैपर्छ (फ्रन्टपेज : रामरहिमका नेपाली अवतार) । धर्मका नाममा यस्तो कुरा हुन्छ भने यस्ता बाबाहरूलाई कसैले विश्वास गर्नु हुँदैन ।
प्रतीक्षा गौतम
नेपालबाहिर गैरकानुनी छैन (फ्रन्टपेज : चक्कर बिटक्वाइनको) । केलाउने हो भने यसका सकारात्मक–नकारात्मक दुवै पक्ष छन् । यसका पछाडि जोखिम पनि उत्तिकै छन् ।
कुमार दुरा
केकीको अनुहार र बोली मात्र निर्दोष हो (निर्देशकलाई यस्तो तनाव) । उनमा घमन्डीपन त उचालि नसक्नु छ । सुझाव यत्ति हो, बानी सुधार्नुपर्यो । नत्र भुइँमा यसरी बजारिन्छौं कि उठ्न गार्हो हुन्छ ।
प्रवीन गुरुङ
संघर्षशील व्यक्तित्वहरूको जीवन अरूका लागि पनि प्रेरक हुन्छ (यात्रा सन्दर्भ : परदेसियो को है एक दिन जाना) । शशि कपुरको संघर्षबाट पनि आम दर्शकलाई प्रेरणा मिल्छ ।
दीपक श्रेष्ठ
सीआईबीले आफ्नो सक्रियता नछोडोस् (अन्तर्वार्ता : अपराध र राजनीतिलाई छुट्याएर हेर्नुपर्छ) । कुनै नेता वा शक्ति केन्द्रको दबाबमा नपरी आफ्नै स्वविवेकले निर्णय गरोस् ।
अनुराग
सहज जीवनयापनका लागि यो कार उपयोगी छ (साइन्स एन्ड टेक्नो : स्मार्ट डिभाइस, स्मार्ट प्रविधि) । जाम पनि घट्छ । छुट्टै चालक पनि आवश्यक नपर्ने, छिटो–छरितो पनि हुन्छ । नेपालजस्तो देशमा यस्तो कार छिट्टै सञ्चालनमा आओस् ।
आकाश रेग्मी
यो खबर अनौठो छ (पत्याउनुहुन्छ ? : मानिसको छालाको कभर) यस्तो पनि होला र ?
जमुना कार्की
लामो समय बुद्ध कहाँ जन्मिएका थिए भन्ने विवाद चलिरह्यो (समय सन्दर्भ : बुद्ध कहाँ जन्मिएका थिए ?) । बरु यतातिर अल्झिनुभन्दा बुद्धको विचारलाई अनुसरण गर्नु उत्तम हुन्छ । बुद्ध जन्मस्थलको भ्रम निवारण गर्न सरकारी तवरबाटै कडा कदम चालिनुपर्छ ।
डीपी भट्टराई
चुनावअघि र पछि नेताको भाषा फेरिन्छ (लघुकथा : गाली) । नेताहरू आफ्ना योजनाहरूभन्दा विपक्षीहरूलाई गाली गर्नमै बढी उद्यत देखिन्छन् ।
अशोककुमार
फेसबुक फन्डा रमाइलो लाग्यो ।
बबिता राई
जाडोका टिप्सहरू उपयोगी लागे (जाडोमा फेसन) । अन्य अंकहरूमा पनि यस्तै टिप्स पढ्न पाइयोस् ।
हिमशंकर केसी
सैद्धान्तिकभन्दा यसरी प्रयोगात्मक कुरामा जोड दिएको राम्रो हो (विद्यार्थी डिजाइनरहरूको कला) । राम्रा प्रतिभाहरूलाई सबै ठाउँमा सम्भावना पनि राम्रै छ ।
नवीन
यो सकारात्मक काम हो (जातीय गहनाको मोह) । पश्चिमाहरूको फेसनलाई भन्दा आफ्नै परिहनलाई महत्व दिनुपर्छ ।
शंकर केसी
घुम्नका लागि देशमा यस्ता थुपै्र ठाउँ छन् (पर्यटन : अन्नपूर्ण इको भिलेज) । अन्य ठाउँलाई पनि स्थान दिनुहोला ।
हेमन्त
यो त खुसीको खबर हो (बैतडीमा बलिउड) । हिन्दी चलचित्रमार्फत नेपालका पर्यटकीय स्थलको यसरी नै प्रचार–प्रसार गर्न पाए गज्जब हुने थियो ।
अमृत कोइराला
आकाशलाई यो प्रतियोगितामा सफलता मिलोस् (सानो पर्दा : उपाधिनजिक अर्का नेपाली)— शुभकामना छ ।
करुणा पौडेल