साप्ताहिक संवाददाता
कुर्सी तोडफोड, नयाँ गाडी, बूढीलाई नयाँ–नयाँ साडी, दारुपानीको खर्च असुल, कार्यकर्ता भर्ती, कर्मचारीलाई स्मार्टफोन वितरण अनि जनतालाई विशुद्व गफ नहोस् । बजार घुम्दा मुखमा मुखौरो लगाउनु नपरोस्, खाल्डामा सवारी नपरून्, कसैले नालीमा डुबेर मर्नु नपरोस्, स्मार्ट मान्छे हुने सहर पनि स्मार्ट हुन् । धेरै भनिन्न अब ।
रवीन्द्र कार्की
बिस्तरामा चिया ल्याइदिने, चुलोमा आगो फुकिदिने, कार्यालयसम्म पुर्याइदिने खालको नेता चाहिएको होइन । मात्र समय सान्दर्भिक गरिखान दिने वातावरण बनाउने सहयोगी चाहिएको छ ।
चन्द्रकुमार राइ
पात्र र प्रवृत्ति उही हो । अब के नै आशा राख्ने हामीले ? हामीले अलिक ढिलो पासपोर्ट बनायौं, अब हाम्रा सन्ततिले अलिक छिटो पासपोर्ट बनाउनुपर्ने हुन्छ, अब हुने यही हो ।
चन्द्र गुरु
ठ्याक्कै पूर्वप्रधानमन्त्री अर्थात् नेकपा एमालेका नेता केपी ओलीज्यूको भाषणको याद आयो । खाना मात्र खानका लागि दु:ख गर्नु पर्दैन । एमालेले घर–घरमा खाना ल्याइदिन्छ । जननिर्वाचित प्रतिनिधिले त्यो पूरा गर्लान्–नगर्लान् ? यही कुरा सोचिरहेछु । अपेक्षा पनि यही छ । घरमा समयमै खाना आइपुगोस् । अबको पाँच वर्ष काम नगर्ने, खाना खाने अनि दिन–रात सुत्ने ।
दीपक बस्नेत
देशमै बसेर काम गर्ने अवसर मिल्छ कि भन्ने आशा छ ।
अंकित ढकाल
देश लुट्नेछन् अनि हामी हेरि बसौंला, यही त हो ।
अविरल घिमिरे
आफ्नै घोषणापत्र नबिर्सिऊन् भन्ने अपेक्षा छ ।
बिपिन तिमिल्सना
अपेक्षा गर्नु बेकार छ ।
राजन लोहनी
वर्षौंदेखि कुरी बसेका छन् । टन्न खालान् । आफन्त तथा परिवारको चित्त बुझाउने, गाडी चढ्ने— यस्तै–यस्तै त होला नि !
अरुण तिमिल्सिना
इमानदार भएर जनताको सेवा गरून् ।
थिर पराजुली
एउटै चाहना छ, संविधान कार्यान्वयन ।
गौरव मिश्र
भकारीमा मुसाको बिगबिगी, धानको सत्यानाश ।
श्रेष्ठ राज
बाँझो खेतमा फेरि बीउ छर्दैछन् । के आशा राख्नु ?
मगर मास्की मिन
अपेक्षा गर्नु नै मुर्खता हो । जे अपेक्षा गरे पनि पाउने उही हो, जुन विगतमा पायौं ।
विवस
जुन जोगी आए पनि कानै चिरेका ।
सुमन अधिकारी पुष्प
खासै अपेक्षा छैन । कसैले केही नाप्दैनन् ।
भीष्म न्यौपाने
शान्ति, सुव्यवस्था र आर्थिक क्रान्तिको आशा छ ।
मणि पोखरेल
आर्थिक विकास ।
दिनेश खड्का
जनतासँग झूट नबोलून् ।
दीपक भट्टराई