साप्ताहिक संवाददाता
पुस ३, २०७४
स्पाेर्ट्स वेयर कम्पनी नाइकीले मुस्लिम महिला खेलाडीहरूलाई लक्षित गरेर हिजावलाई अन्तर्राष्ट्रिय बजारमा उतारेको छ । नौ महिनाअघि नाइकीले मुस्लिम महिलाहरूलाई खेलकुदमा सजिलो हुने किसिमको हिजाव सार्वजनिक गर्ने घोषणा गरेको थियो ।
मुस्लिम महिलाहरूले उक्त हिजाबले टाउको छोपेर प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् भने यसलाई खेलाडीमैत्री समेत बताइएको छ ।
उक्त हिजाबलाई नाइकीले अन्तर्राष्ट्रिय मुस्लिम महिला खेलाडीहरूमा परीक्षणसमेत गरिसकेको छ । यो हिजाब तत्कालका लागि दुई रंगमा उपलब्ध छ ।