साप्ताहिक संवाददाता
स्मार्टफोनको जमानामा सेल्फी लिन नचाहने को होला ? यस्तै सेल्फीको मोहमा परेर ब्राजिलका महिला प्रहरीहरूले लिएको एउटा सेल्फी उनीहरूका लागि निकै भारी सावित भएको छ । रोगिरो–१५७ गत वर्ष ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न ओलम्पिक प्रतियोगितादेखि ब्राजिल प्रहरीको मुख्य खोजीमा रहेका अपराधी थिए । उनीमाथि लागूपदार्थ तस्करी, ज्यान मार्ने उद्योग एवं अपहरणका धेरै अभियोग थिए । प्रहरीलाई छलेर आफ्नो धन्दा चलाइरहेका रोगिरोलाई हालै प्रहरीले पक्राउ गर्यो ।
रोगिरोको गिरफ्तारीपछि प्रहरी प्रशासनको हाइहाई हुने नै भयो । देशैले खोजेका अपराधीसँग फोटो खिच्ने रहर प्रहरीलाई जाग्ने नै भयो । त्यसमा पनि फोटो खिच्न केही बढी लालायित हुने महिलाहरूको स्वभाव देखाउँदै महिला प्रहरीहरूले एक कुख्यात अपराधीसँग हाँसेर, टाउको जोडेर खिचेको फोटो सार्वजनिक भएपछि प्रहरीको चर्को विरोध भयो । परिणामस्वरूप यसरी सेल्फी खिच्ने महिला प्रहरीहरूलाई अनुशासनको कारबाहीदेखि नोकरीबाट निष्कासनसम्म गरिएको छ ।