साप्ताहिक संवाददाता
पुस ४, २०७४
गायक भिमसेन टी लामा आफ्नै गीतको रिमेक भर्सन लिएर बजारमा आएका छन् । २५ वर्ष अघि ‘मुसुक्क हासी दिदा ज्यानै लुट्यो...’ बोलको गीत गाएका लामाले सोही गीतको रिमेक भर्सन यसै साता सार्वजनिक गरेका हुन् ।
विश्व बल्लभको शब्द तथा शम्भुजित बास्कोटाको सङ्गीत रहेका उक्त गीतको रिमेक भर्सन सार्वजनिक गर्दै गायक लामाले अब भने सांगीतिक क्षेत्रमा निरन्तरता दिने बताए । २५ वर्ष सम्म आफू चलचित्र क्षेत्रमा ब्यस्त भएकाले गीतसंगीतबाट पर रहेको उनको भनाई थियो ।
कुनै समय निक्कै चर्चामा रहेको यो गीतको रिमेक भिडियोमा श्याम पाण्डे र विनिता वलीलाई फिचरिङ गरिएको छ जसलाई संजय पाण्डेले निर्देशन गरेका छन् । विनोद तामाङको कोरियोग्राफर रहेको गीतको भिडियोलाई क्षितिज महर्जनले छायाँकन गरेका हुन् ।