साप्ताहिक संवाददाता
चलचित्र ‘लम्फू’ २०७५ सालको बैशाख २८ गते रिलिज हुने भएको छ । छायाँकनमा लामो समय खर्चिएको चलचित्र यूनिटले उक्त मितिमा ‘लम्फू’ रिलि जगर्ने औपचारिक घोषणा गरेको छ ।
चलचित्र मार्फत कबिर खड्का चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन् । उनीसँगै सलोन बस्नेत, मरिष्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई तथा तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
तरकारीवाली उर्फ कुशुमले पनि ’लम्फू’बाट नै चलचित्रमा डेब्यू गरेकी हुन् । कुशुम गत बर्ष संसारभर तरकारीवालीको नामले चर्चित बनेकी थिइन् । उनका दुई तस्वीर संसारभर करोडौं पटक शेयर भएका थिए ।
गोपालचन्द्र लामिछानेले निर्देशन गरेको ‘लम्फू’ले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ, जसमा प्रेमकथा समेत गौण रहने बताईएको छ ।
चलचित्रमा भूपतिको लेखन रहेको छ । दीपक बज्राचार्यको छायांकन रहेको ‘लम्फू’मा सम्पान हरि सिलवालको रहेको छ । चलचित्र निर्माता तथा कस्ट्युम डिजाइनर पुनम गौतमले यस चलचित्रमा कस्ट्युम डिजाइन गरेकी छन् । अर्जुन पोख्रेलको संगीत रहेको चलचित्रका गीतमा प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल लगायतको स्वर रहेको छ ।