साप्ताहिक संवाददाता
नेपाली सुगम संगीतमा चर्चित नाम हो– प्रमोद खरेल । सुगम संगीतमा थुप्रै हिट गीत दिएका गायक खरलले पछिल्लो समय फरक धारको गीतको म्यूजिक भिडियो रिलिज गरेका छन् । गायक खरेलले आफ्नो छोराको जन्मदिनको अवसर पारेर नयाँ गीत ‘दन्तैमा...’आफ्नै अफिसियल युट्युब च्यानल ‘सिङ्गर प्रमोद खरेल’ बाट सार्वजनिक गरेका हुन् ।
शंकर स्माइलको संगीत तथा डिपी खनालको शब्द रहेको सार्वजनिक गीतको म्यूजिक भिडियोमा खरेल आफू पनि देखिएका छन् । दीक्षा क्रियसनको प्रस्तुति रहेको यो गीतमा सुनील क्षेत्री, प्राञ्जली सापकोटा र नेपाली ठिटोजले अभिनय गरेका छन् । नेपाली ठिटोजको कोरियोग्राफी रहेको भिडियो सुनील क्षेत्रीले निर्देशन गरेका छन् ।
काठमाडौंको सुन्धारा र सातदोबाटोस्थित एन्फा कमप्लेक्समा छायांकन गरिएको गीतको म्यूजिक भिडियोमा दर्शक रमाउँने प्रमोदको विश्वास छ ।
दन्तैमाको म्यूजिक भिडियो :