साप्ताहिक संवाददाता
माघ १९ गते रिलीज हुन लागिएको फिल्म शेर बाहादुरको ट्रेलर रिलिज गरिएको छ। फिल्मको निर्माण टिमले सामाजिक सञ्जाल युट्युब बाट बिहीवार ट्रेलर रिलीज गरेको हो।
ट्रेलरमा सुनिल थापा, कर्मा, कामेश्वर चौरासिया, मेनुका प्रधान लगाएत फिचरिङ्ग छन् । फिल्म शेर बाहादुर अर्थात सामाजिक मर्यादा बोकेको पात्रमा केन्द्रित छ। उक्त पात्र भने सुनिल थापाले निर्वाह गरेका छन् । ट्रेलरमा एक्शन, रोमान्स, ड्रामा लगायत समाबेश गरिएको छ ।
बिशेषत शेरबहादुर एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको फिल्म हो । झट्ट नाम सुन्दा राजनीतिको गन्ध आए पनि यो कुनै राजनीतिसंग सम्बन्धित फिल्म नभएको निर्माण टिमले बताईएको छ ।
सुनिल थापा , कर्मा , मेनुका प्रधान, रविन्द्र झा यस सिनेमाका मुख्य कलाकारहरु हुन् । पहिलो पटक सेट निर्माण गरेर ८० प्रतिशत फिल्म खिचिएको निर्माण पक्षको दावी छ । जुन सेट तयार गर्न मात्रै २५ लाख बढी खर्च गरिएको बताईएको छ । निर्देशक आर राजवंशि हुन् भने निर्माताका रुपमा बरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी हुन् ।
शेर बहादुरको ट्रेलर :