साप्ताहिक संवाददाता
विश्वभरका २९ प्रतिशत युवा इन्टरनेट प्रयोगबाट वञ्चित छन् । सबैभन्दा बढी अफ्रिकाका युवा इन्टरनेटको पहुँचभन्दा बाहिर छन् । अफ्रिकाका ६० प्रतिशत तथा युरोपका ४ प्रतिशत युवा इन्टरनेटको पहुँचबाट टाढा छन् । युनिसेफले डिजिटल क्रान्तिका बारेमा गरेको सर्वेक्षणमा यो खुलासा गरिएको हो । कम्प्युटरको सट्टा मोबाइल चलाउने र अंग्रेजीको सट्टा कम मात्र बोलिने अन्य भाषा प्रयोग गर्नेहरूले इन्टरनेटबाट लाभ लिन सकेका छैनन् ।
डिजिटल क्रान्तिले फाइदा मात्र होइन, घाटा पनि पुर्याइरहेको छ । यी सबै प्रभावको पहिचानका लागि युनिसेफले विश्वका विभिन्न देशमा सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षण प्रतिवेदन अनुसार संसारका ७१ प्रतिशत १५ देखि २४ वर्षका युवा संसारसँग अनलाइन रूपमा जोडिएका छन् । संसारका ४८ प्रतिशत युवा आवादी भएको स्थानमा यो सर्वेक्षण गरिएको थियो । इन्टरनेटबाट २९ प्रतिशत युवाको संख्या करिब ३४ करोड ६० लाख हुन आउँछ ।